राष्ट्रिय सहकारी बैंकको साधारण सभा मङ्सिर ६ गतेदेखि, इलामका बाढी–पहिरो पीडितलाई पाँच लाख बराबरको राहत सामग्री वितरण गर्ने निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

२८ असोज, मेचीनगर :  राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा आगामी मङ्सिर ६ गते शनिवार हुने भएको छ । बैंकको सोमबार सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयूक्त बैठकले मङ्सिर ६ गते साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकको २२औं वार्षिक साधारण सभा अन्तरगत मङ्सिर ६ गते सातै प्रदेशमा एकाइ सभा र १३ गते एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा गर्ने निर्णय भएको बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले बताए ।

एकाइगत रूपमा हुने साधारण सभा अन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बार्दिबास, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने छ । भर्चुअल र भौतिक रूपमा सम्पन्न गरिने साधारण सभाको उद्घाटन सत्र संयुक्त रूपमा र छलफल सत्र प्रदेशगत रूपमा सम्पन्न गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले जानकारी दिए ।

सात प्रदेशमा हुने एकाइ सभाबाट चयन हुने प्रतिनिधिहरूले साधारण सभाको बैठकको निर्णयहरू प्रमाणित गर्ने सभा मङ्सिर १३ गते काठमाडौंमा हुने छ । साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१-०८२ को लेखा परीक्षण प्रतिवेदन, आ.ब. २०८२-०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमको विषयमा छलफल एवम् निर्णय हुनेछ ।

सभामा बैंकको विनियम संशोधन, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन आगामी पौष मसान्त भित्र सम्पन्न गर्ने गरी मिति तय गर्ने र कार्यविधिहरू थप तथा संशोधन, नियमनकारी निकायको निर्देशनको जानकारी सहित विभिन्न कार्यसूचीहरूका विषयमा छलफल एवम् निर्णय हुने छ ।

त्यसैगरी बैठकले अविरल वर्षाका कारण इलाममा गएको बाढी र पहिरोबाट प्रभावित परिवारहरूलाई बैंकले पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको छ । गत असोज १८ गते गएको बाढी र पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि राहत सामग्री वितरण गर्ने निर्णय गरिएको बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले जानकारी दिए । उहाँका अनुसार, सहकारी भावना अनुरूप सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले बैंकले यो अभियान अघि बढाएको उल्लेख गर्दै यस पहलले प्रभावित परिवारहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.