Wednesday, February 8, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह स्वास्थ्य / जीवन शैली

‘संक्रमित भए पनि गर्भवतीले डराउनुपर्दैन’

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 9, 2020
  • 1:58 PM
  • No Comments
भित्र स्वास्थ्य / जीवन शैली
188 2
A A
Share on FacebookShare on Twitter

थापाथलीस्थित यस प्रसूति तथा स्त्री रोग अस्पतालमा हामीले कोभिड १९ को महामारीमा पनि हाम्रो सेवालाई सुचारु राखेका छौँ । अहिलेसम्म हामीले ओपीडी सेवालाई पनि बन्द हुन दिएका छैनौँ । स्वास्थ्यकर्मीलाई चाहिने पीपीई र अन्य सुरक्षाको सामाग्रीहरु उपलब्ध गराएका छौँ । हामीकहाँ कोभिड र ननकोभिड दुवैथरीका गर्भवतीको परीक्षण र सुत्केरी गराउने गरिएको छ ।

अहिलेसम्म पाँचजना कोभिड संक्रमितलाई सुत्केरी गराइसकेका छौँ । जसमध्ये तीनवटा नर्मल र दुईवटा सिजरियनबाट सुत्केरी गरायौँ । गत चैतदेखि साउन मसान्तसम्म ८ हजार ३९८ जनाले हाम्रो अस्पतालमा डेलिभरी गराइसकेका छन् ।

बिरामी नडराए हुन्छ

कतिपय गर्भवतीहरु कोभिडको त्रासका कारण अस्पतालसम्म आउन हिच्किचाइराख्नुभएको हुन सक्छ । कोभिडको डेलिभरी गराएपछि कतिपयलाई डर पनि हुन सक्छ । त्यसबाट आत्तिन जरुरी छैन ।

कोभिड भएका गर्भवतीलाई कुपण्डोलस्थित छुट्टै भवनमा डेलिभरी गराउँदै आएको छौँ । जसका लागि हामीले १३ जना स्वास्थ्यकर्मीको टिम छुट्टाएका छौँ । त्यसलाई छुट्टै अस्पताल भन्दा पनि हुन्छ । थापाथलीमा नन कोभिड बिरामीको मात्रै उपचार गर्दै आएका छौँ ।

गाह्रो छ तर, पछि हट्दैनौं

अहिले कतिपय हाम्रा स्टाफहरु संक्रमित भएर बस्नुभएको छ । कतिपय क्वारेन्टिनमै हुनुहुन्छ । जसले गर्दा कर्मचारी व्यवस्थापनमा दुःख छ । तर, सेवामा भने कमी आउन दिएका छैनौँ ।

म कोशी अस्पतालमा हुँदा पनि देशभरका अस्पताल बन्द गर्दासमेत मेरो अस्पताल खुला नै राखेकी थिएँ । अहिले पनि त्यस्तो अवस्था आउन दिँदैनौं ।

यदि मास लेभलमा हाम्रा स्टाफमा संक्रमण आएमा त्यो छुट्टै कुरा भयो । नत्र प्रसूति अस्पताल जस्तोसुकै अवस्थामा पनि सुचारु हुने कुरामा ठोकुवा गर्छु । र, प्रसुतिमा आउनेहरु कसैले पनि विनाहिच्किच्याहट सेवा लिँदा हुन्छ ।

गर्भवतीमा कोरोनाको असर कस्तो हुन्छ ?

कोभिड लाग्यो भन्दैमा गर्भवतीहरुले डर मान्नुपर्ने कुनै कारण छैन । किनभने, आमालाई कोरोना संक्रमण भएता पनि पेटको बच्चामा त्यसको कुनै असर नपर्ने देखिएको छ । तर, शिशु जन्मिएपछि भने शिशुलाई संक्रमणबाट बचाउने उपायहरु अपनाउनुपर्ने हुन्छ ।

हो, अहिले देशभरकै अस्पतालमा गर्भवतीहरु नियमित स्वास्थ्य जाँच गर्न र सुत्केरी हुन पुग्नेको संख्यामा कमी आएको छ । यसमा कोभिडको मनोवैज्ञानिक त्रासले ठूलो भूमिका खेलेको छ । गर्भवतीहरु मात्र नभएर घरपरिवार पनि त्रसित भएपछि उनीहरु अस्पतालसम्म आउनका लागि हिच्किचाइरहेको परिस्थिति छ ।

त्यस्तै, सरकारले लकडाउनमा घरबाट बाहिर ननिस्कनका लागि सूचना जारी गरेको छ । जसले गर्दा पनि गर्भवतीहरु सामान्य अवस्थामा जस्तो सहजै अस्पताल पुग्न नसकेको सत्य हो ।

यातायातको समस्याका कारणले पनि गर्भवतीहरु अस्पतालसम्म पुग्न सकेका छैनन् । एम्बुलेन्सको उपलब्धता ठूलो चुनौतिको विषय बनेको छ ।
हाम्रो अस्पतालमा पछिल्लो समय बिरामीको चाप १० प्रतिशतले घटेको छ । शुरुशुरुमा त झनै ४० प्रतिशत गर्भवतीहरु अस्पताल आउन पाएका थिएनन् ।

स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाले पछिल्लो पाँच महिनामा ८० जना सुत्केरीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । कोभिडका कारण आएको अप्ठ्यारोले सुत्केरीको ज्यान गएको हो वा अन्य कारणले ? त्यो महाशाखाले केलाउँदै पनि छ ।

यद्यपि, विशेष गरी तीनवटा कमजोरीले सुत्केरीको मृत्यु हुने गर्छ ।

एक– बिरामीका आफन्तले बिरामीलाई अस्पताल पुर्‍याउन ढिला गरेर ।

दुई – अस्पतालमा बिरामीलाई ढिलोसम्म उपचार नगरी राख्दा ।

तीन – चिकित्सक वा अस्पतालले बिरामीका बारेमा निर्णय लिन ढिलाइ गरेर ।

सरसर्ती हेर्दा अधिकांश सुत्केरी महिलाको मृत्यु अत्यधिक रक्तश्रापको कारण हुने गरेको देखिन्छ ।

कसरी हुन्छ कोभिड गर्भवतीको डेलिभरी ?

हाम्रो देशको सबैभन्दा ठूलो प्रसूति अस्पताल भएकाले पनि कोभिडको डेलिभरी गर्न सक्दैनौँ भन्ने छुट हामीलाई छैन । अर्कातर्फ ६ महिना हामीकहाँ नै परीक्षण गरेका गर्भवतीलाई कसरी अर्को अस्पतालमा पठाउने ? त्यसैले पनि हामीले कोभिडका सुत्केरी गराउन जरुरी छ ।

यद्यपि हामीले नेपालमा कोरोना संक्रमण देखिएसँगै कोभिड संक्रमित गर्भवतीलाई परीक्षण र डेलिभरी गर्ने संयन्त्र विकास गरिसकेका थियौँ । हामीले कोभिडको पहिलो डेलिभरी गत जेठमा गरेका थियौँ ।

अस्पतालमा आउनेवित्तिकै हामीले गर्भवतीलाई ‘ट्राइजिङ’ हाल्छौँ । त्यसपछि तीनवटा ग्रुपमा विभाजन गर्छौँ । एउटा लक्षणसहितका बिरामी, अर्को संक्रमित र अर्को सामान्य अवस्थाका गर्भवतीहरु । र, त्यही अनुसारको उपचार गर्छौँ । कोरोनाका अति जोखिम भएका गर्भवतीको हामीले पीसीआर परीक्षण गर्दै आएका छौँ ।

अप्रेशन वा डेलिभरी गर्नका लागि कोभिड र ननकोभिड गर्भवतीका लागि नयाँ प्रक्रिया केही हुँदैन । पहिलेजस्तै गरी डेलिभरी गर्ने हो । यत्ति हो कि कोभिडका गर्भवतीलाई डेलिभरी गर्दा स्वास्थ्यकर्मीले सावधानी अपनाउनुपर्ने हुन्छ । पीपीई लगायतका सुरक्षाका सामग्री प्रयोग गर्नुपर्छ ।

कोभिड र ननकोभिडको डेलिभरी गराउने स्वास्थ्यकर्मीलाई पीपीई पनि त्यही प्रकारको व्यवस्था गरेका छौँ । गर्भवतीका लागि पनि युनिभर्सल मास्कलाई अनिवार्य गरेका छौँ ।

कसरी सुरक्षित हुने ?

गर्भवतीहरुले घरमै पनि दुरी कायम गरेर बस्न निकै जरुरी हुन्छ । सकेसम्म आइसोलेट भएर बस्नुपर्छ । परिवारका अरु सदस्यलाई संक्रमण भए पनि गर्भवतीलाई सर्न सक्छ । त्यसले थप सास्ती बेहोर्नुपर्ने हुन्छ । किनकी अझै पनि सबै अस्पतालहरुले कोभिडका बिरामीलाई स्वीकार्ने अवस्था छैन ।

घरपरिवारका अरु मानिसले गर्भवतीका सामग्रीहरु चलाउनुहुँदैन । गर्भवतीले व्यक्तिगत सरसफाइमा अत्यन्तै ध्यान दिनुपर्छ ।

(परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी डाइरेक्टर डा. मिश्रसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित )

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेचीनगर नगरपालिकाले गर्यो खोरमा थुनेर राखेका युवाको उद्धार : उपचारका अस्पताल पठाईयो
प्रदेश-१

मेचीनगर नगरपालिकाले गर्यो खोरमा थुनेर राखेका युवाको उद्धार : उपचारका अस्पताल पठाईयो

January 27, 2023
आत्मदाह गर्ने आचार्यले उठाएका विषयको छानबिन गर्ने सरकारको निर्णय
कानून / अपराध

आत्मदाह गर्ने आचार्यले उठाएका विषयको छानबिन गर्ने सरकारको निर्णय

January 25, 2023
सातदिने निःशुल्क थर्मल थेरापी शिविर सम्पन्न : ५ सय ६० जनाले लिए सेवा
प्रदेश-१

सातदिने निःशुल्क थर्मल थेरापी शिविर सम्पन्न : ५ सय ६० जनाले लिए सेवा

January 25, 2023
एनप्याब्सन खेलकुद महोत्सव : जुनियर फूटबलको उपाधि सूर्योदयलाई
खेलकुद

एनप्याब्सन खेलकुद महोत्सव : जुनियर फूटबलको उपाधि सूर्योदयलाई

January 22, 2023
मेचीनगरका १५ वटा वडामै पशु प्राविधिक मार्फत उपचार तथा परामर्श सेवा : किसान पनि घर घरमै सेवा पाएपछि खुशी
कृषि

मेचीनगरका १५ वटा वडामै पशु प्राविधिक मार्फत उपचार तथा परामर्श सेवा : किसान पनि घर घरमै सेवा पाएपछि खुशी

January 19, 2023
वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिँदै
मुख्य समाचार

वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिँदै

January 18, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

सेवा निवृत्त हुनुभएका ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मीको विदाई

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In