बचत रकम अपचलन गरेको आरोपमा इटहरीको अम्बे बचत ॠण सहकारीका सञ्चालकहरु पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी ।इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित चार जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आलेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक सहितको टोली परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मिका अनुसार बचत कर्ता उजुरीका आधारमा पक्राउ गरिएको हो । अहिले प्रारम्भिक अनुसन्धानकै चरणमा रहेकाले थप केही भन्न नसकिने उनको भनाइ छ । पछिल्लो समय सहकारी तथा वित्तीय क्षेत्र संवेदनशील बन्दै गएकाले प्रहरीले गम्भीर रूपमा लिएको रेग्मीले बताए ।

केही समययता संस्थाबाट पीडितहरूले दुर्गाप्रसाद कोइरालाको अध्यक्षतामा सङ्घर्ष समितिले गठन गरी संस्थाविरुद्ध आन्दोलन गर्दै आएका थिए । सहकारी डुब्दा संस्थाका पाँच हजार बढी बचतकर्ता तथा सेयर सदस्यहरू मर्कामा परेको पीडितहरू बताउँछन् ।सञ्चालकले ४० करोड भन्दा बढी बचत रकम फिर्ता गर्नुपर्ने बचतकर्ताहरूको दाबी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.