फेसबुक र भाइबरबाट लोभ्याउँदै २६ लाख ठग्ने पक्राउ, सामाजिक संजालको प्रयोग गरी ठगी बढ्दै

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं। सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ।

पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहे पनि घटना दोहोरिने क्रम भने रोकिएको छैन। महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना सार्वजनिक गरेको छ।

सामाजिक सञ्जालबाट सम्पर्क गरी ठूलो रकम कमाउने प्रलोभनमा फसेर मानिस लाखौं रकम गुमाउन पुगेका छन्। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार सामाजिक सञ्जाल फेसबुक, वाट्स एप, भाइबर, इमोलगायतबाट सिंगापुर, लण्डन र कोरियाको नागरिक हुँ भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पारी झण्डै २६ लाख रुपैयाँ ठगी गरेको पाइएको छ।

यसरी ठगीमा झापाका ३० वर्षीय पंकज पौडेल रहेको र उनलाई थप कारवाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ।

उनले कतिपयलाई नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट पठाएको, कतिलाई रोजगारीको लागि भिषा लगाइदिने भनी नक्कली भिषा पठाइ विश्वासमा पारेको र कतिलाई पार्सल सामान प्राप्त गर्न भन्सार शुल्क तिर्नुपर्छ भनी रकम ठगेको पाइएको छ।

उनले रकम निकाल्दा रकम पठाएका व्यक्तिको सवारी चालक अनुमति पत्रमा एउटै फोटो प्रयोग गरी रकम लिने गरेको खुलेको छ। अनुसन्धानका क्रममा उनको मोबाइलबाट एक करोड ९५ लाख रुपैयाँ प्राप्त गरेका अभिलेख फेला परेको छ।

प्रहरीले उनको साथबाट १३ लाख रुपैयाँसहित मोबाइल, विनोद काफ्लेको नाममा रहेको नक्कली सवारी चालक अनुमतिपत्र, अनिल बस्नेतको नामको सवारी चालक अनुमतिपत्रलगायत सामाग्री फेला परेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.