बर्खा स्मृति हाफ म्याराथन प्रतियोगिताको उपाधि बैतडीका नरेन्द्रसिंहलाई

A notice in Nepali from Mechinagar Ward No. 10

ज्ञानु भट्टराई
१९ साउन, बुद्धशान्ति : ‘प्रथम बर्खा स्मृति हाफ म्याराथन प्रतियोगिता’को उपाधि बैतडीका नरेन्द्रसिंह रावतले जितेका छन् ।आज झापाको बुद्धशान्तिमा बर्खा स्मृति प्रतिष्ठानको आयोजना तथा स्ट्रीम एनर्जी ड्रिङ्क्‌सको सह–प्रायोजनमा सम्पन्न २१ किलोमिटर दूरी रावतले १ घण्टा १६ मिनेट ५३ सेकेण्डमा पार गर्दै नगद ५० हजाररुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

हुम्लाका सुशील कुमार शाहीले १ घण्टा १७ मिनेट ३८ सेकेण्डमा दुरी पार गर्दै द्वितीय, गोरखाका सञ्जय श्रेष्ठले १ घण्टा १८ मिनेट २५ सेकेण्डमा दुरी पार गरी तृतीय, भारत उत्तर प्रदेशका गुलशन कुमारले १ घण्टा २० मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथो र भारत कालिम्पोङका विकास भुजेलले १ घण्टा २० मिनेट ५८ सेकेण्डमा दुरी पार गरेर पाँचौँ भए ।

उनीहरुले क्रमस नगद ४० हजार, ३० हजार २० हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, विशिष्ट अतिथि बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी खतिवडालगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा पुरुषमात्र सहभागी गराउने भने पनि दुईजना महिला धावक सहभागी थिए । धरानकी शीला राईले २१ किलोमिटर दूरी २ घण्टा ८ मिनेटमा पूरा गर्दै प्रथम महिला धावकका रूपमा सम्मानित भइन् । उनले नगद पाँच हजार तथा सिक्किमकी शान्तिकुमारी राई दोस्रो भएर नगद २ हजार रुपैयाँ प्राप्त गरीन् ।

बुद्धशान्ति गाउँपालिका परिसरबाट शुरु म्याराथन प्रतियोगितामा स्वदेश तथा विदेशका गरी कुल दुईसय ६० जना धावक सहभागी थिए । प्रतियोगिताको विशेष आकर्षणका रूपमा नेपालका चर्चित म्याराथन धावक बैकुण्ठ मानन्धरको समेत उपस्थिति रहेको थियो ।
मङ्गलबारे, ह्याप्पी चोक, भोटेटार, होक्से चोक, जयपुरहुँदै पुनः गाउँपालिकाको प्राङ्गणमा पुगेर समापन भएको थियो । प्रतियोगिता बर्खा स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हेमबहादुर प्रसाईंको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी गेलालले खेलकुदले स्वस्थ्य, अनुशासित र ऊर्जाशील समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले यस्ता प्रतियोगिताले युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै स्थानीय स्तरमा रहेका खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । आयोजकले प्रतियोगिताले बुद्धशान्ति गाउँपालिकामा खेलकुद संस्कृतिको विकास, खेल पर्यटनको प्रवद्र्धन तथा नयाँ खेल प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा सरकारी तथा गैरसरकारी विभिन्न संघ–संस्थाका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी,सञ्चारकर्मी, अधिकारकर्मी, खेलप्रेमी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.