आरएटी मेचीनगरको वृहद सरसफाइ तथा वृक्षारोपण कार्यक्रम

A notice in Nepali from Mechinagar Ward No. 10

१६ साउन, मेचीनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनवर्गीय संगठन रेपिड एक्सन टिम (आरएटी) मेचीनगरको आयोजनमा झापाको काँकरभिट्टामा आज वृहद सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

झापाको मेचीनगर-६ काँकरभिट्टास्थित पूर्व पश्चिम लोकमार्ग एशियन हाइवेको काँकरभिट्टाक्षेत्रको डिभाईडर र काँकरभिट्टा बसपार्क परिसरको सरसफाइ र त्यस पश्चात ती क्षेत्रमा विरुवा रोपिएको थियो । ‘हाम्रो अभियान, स्वच्छ समाज र हराभरा मेचीनगर’ भन्ने मुख्यः श्लोग्नसहित आरएटीले सामाजिक सरसफाइ र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

स्वच्छ हराभरा र वातावरणमैत्री मेचीनगर निर्माणमा योगदान पुर्याउने उद्धेश्यसहित कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक रेपिड एक्सन टिम (आरएटी) का मेचीनगर संयोजक प्रविन चापागाईँले बताए । सो अवसरमा धुपी जातका ९५ तथा विभिन्न प्रजातिका २२ वटा विरुवा रोपिएको छ । वातावरणमा वृक्षारोपणका फाइदा हुने भएकाले समाजमा सकरात्मक सन्देश छर्न समेत यस्ता रचनात्मक कामको थालनी गरिएको हो ।

रुखले कार्बनडाइअक्साइड सोसेर मानिसलाई बाँच्न चाहिने शुद्ध अक्सिजन दिने, पहिरो तथा भूक्षय रोक्न रूखका जराले माटोलाई बलियोसँग समात्छन्, जसले बाढी र पहिरोको जोखिम घटाउँने, रुखले छायाँ र चिसोपन दिएर अत्यधिक गर्मी र तापक्रम वृद्धिलाई कम गर्न मद्दत गर्ने वातावरणविद्को भनाई छ ।

रुखले चराचुरुङ्गी तथा विभिन्न जीवजन्तुलाई घर र खानेकुरा प्रदान गर्ने पनि बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नम्बर-१ का क्षेत्रीय संयोजक कमल गौतम, निवर्तमान क्षेत्रीय संयोजक असिम दाहाल, मेचीनगर सभापति सन्तोष राजवंशी, मेचीनगर-६ नम्बर वडा सभापति सुदर्शन खड्का, मेचीनगर-७ नम्बर वडा सभापति दिपेश तिवारी, पूर्व सल्लाहकार राजकुमार श्रेष्ठ, पार्टी निकटको वाणिज्य विभाका निवर्तमान केन्दीय सदस्य ऋषिराज तिम्सिना, पार्टी निकट कोशी प्रदेश जनसम्पर्क विभाग सदस्य दिपेन्द्र गिरी,रेपिड एक्सन टिम (आरएटी) का झापाका निवर्तमान जिल्ला सदस्यहरु सवनम आचार्य राजन तामाङ लगायत आरएटी मेचीनगरका पदाधिकारी सदस्यहरु, पार्टीको विभिन्न तहको जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा. काँकरभिट्टा, अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका प्रमुख प्रतिनिधिहरु र स्थानीयले वृक्षारोपण तथा सरसफाइमा सहभागिता जनाउँदैं सरसफाई र वृक्षारोपण गरेका थिए । कार्यक्रमलाई प्रत्यक्ष तथा परोक्षरुपमा साथ सहयोग र सकरात्मक भूमिकामा रहेर सहयोग गर्नुहुने सवैप्रति आयोजकले हार्दिक आधारसहित कृतज्ञता प्रकट समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.