ओलम्पिकको ३२ औं संस्करण आजबाट टोकियोमा सुरु हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । ग्रिष्मकालीन ओलम्पिकको ३२ औं संस्कण आजदेखि जापानको टोकियोमा सुरु हुँदैछ। अघिल्लो वर्ष नै सम्पन्न हुनुपर्ने यो खेलकुद महामेला कोरोना महामारीका कारण एक वर्ष सरेको हो।

अप्रत्यासित रुपमा एक वर्ष थप तयारीको समयसहित २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले अबको दुई साता टोकियोमा प्रतिस्पर्धा गर्नेछन्। लामो समयदेखि गरेको तयारीको आधारमा पदक जित्न प्रयासरत हुनेछन्।

सन् २०२० को मार्च महिनामै ओलम्पिक एक वर्ष पार्ने निर्णय गरिएको थियो। तर अहिले पनि कोरोना महामारी पूर्ण रुपमा साम्य भइसकेको छैन। अध्याँरो सुरुङबाट प्रकाशको किरणका रुपमा ओलम्पिक उद्घाटनमा प्रदर्शनी गरिनेछ।

महामारीको समयमा ओलम्पिक आयोजना गर्न लागेकोमा जापानीहरु खुसी नभएको समयमा उद्घाटन समारोहलाई भव्य बनाउँदै आफ्ना नागरिकको मन जित्ने प्रयासमा आयोजक रहेको छ। उद्घाटन समारोहमा भीआईपी पाहुनाहरु एक हजारभन्दा कमको संख्यामा रंगशालामा उपस्थित हुनेछन्।ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन्। पौडीकी गौरिका सिंहले दोस्रोपल्ट ओलम्पिक खेल्दैछिन्।

गौरिकासहित पौडीकै एलेक्स साह, शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट जापान पुगिसकेकी छन् भने एथलेटिक्सकी सरस्वती चौधरी आइतबार जापान प्रस्थान गर्ने छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.