राष्ट्रिय युवासंघद्वारा वृक्षरोपण

A notice in Nepali from Mechinagar Ward No. 10

११ साउन, काँकडभिट्टा : राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीकाे “राष्ट्रिय वृक्षरोपण कार्यक्रम” अन्तरगत साेमबार झापाकाे मेचीनगरमा वृक्षराेपण भएकाे छ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर वडानम्वर ६ र ७ काे संयुक्त आयाेजनामा वृक्षराेपण गरिएकाे हाे ।

मेचीनगर-६ र ७ स्थित भानु फिटनेस पार्क परिसरमा आयाेजित कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका पुर्व सचिव राजु कार्कीले वृक्षराेपण गरेर उद्घाटन गर्नुभएकाे थियाे । काँकडभिट्टा खानेपानी उपभाेक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बिरुवा व्यवस्थापन गरिदिनुभएकाे थियाे ।

संघकाे ७ नम्वर वडाध्यक्ष सुशील धितालकाे सभापतित्वमा भएकाे कार्यक्रममा राष्ट्रिय युवा संघ मेचीनगर अध्यक्ष मानबहादुर तामाङ, क्षेत्रिय अध्यक्ष रबिन्सन थापा मगर, नगर ईञ्चार्ज सञ्जय मेचे, नेकपा एमाले ६ नम्वर वडा कमिटी सदस्य भविन्द्र सुब्बालगायतले विभिन्न प्रजातिका दर्जनाै बिरुवा राेप्नु भएकाे थियाे ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले राष्ट्रिय वृक्षराेपण कार्यक्रम अन्तरगत देशभरि १० लाख बिरुवा राेप्ने लक्ष्यसहित साउन ४ गतेबाट अभियान शुरू गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.