नगरवासीलाई थुनेको भन्दै नेपाली काँग्रेसद्वारा इटहरीका मेयरको कार्यकक्षमा तालाबन्दी

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । नगरवासीलाई अमानवीय तवरले थुनेको भन्दै नेपाली काँग्रेसले इटहरीका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा तालाबन्दी गरेकोछ । बुधबार साँझ नगरपालिका पुगेको नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

मेयर चौधरीले बुधबार इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई नगरपालिका बोलाएका थिए । उनलाई प्रमुख प्रशासकीय अधिकृतको कोठामा बस्दै गर्नु भनेपनि मेयर चौधरी भने साँझ अबेर सम्म पनि पुगेनन् । साँझसम्म पनि आफूलाई बोलाएर मेयर नआइपुगेको गुनासो गरेपछि नेपाली काँग्रेस नगर समिति उपमहानगरपालिका कार्यालय पुगेको थियो । इलाका प्रहरी कार्यालय इटहरी, नेपाली काँग्रेस कार्यकर्ताहरुसमेतको उपस्थितीमा उनी घर फर्किएका छन् ।

घर नक्सा पास नभएको र ऐलानी जग्गा मिचेर घर बनाएको भन्दै घर सात दिनभित्र भत्काउने लिखित मञ्जुरी गर्न नमानेपछि आफूलाई बोलाइएको ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.