सेनाको गाडी र पिक अप भेन एकआपसमा ठोकिँदा एकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

राजविराज । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नेपाली सेनाको वनटन गाडी र पूर्व जाँदै गरेको पिकअप गाडी आपसमा ठोक्किँदा पिकअप चालकको बुधबार मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहको कंकालिनी मन्दिर नजिक भएको दुर्घटनामा मे १ च ६९२५ नम्बरको पिकअप गाडीका चालक झापाको दमक नगरपालिकाका ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पिकअप गाडीसँग १८ नम्बर बाहिनी गाईघाट उदयपुरको प्रदेश नम्बर ३–०१–००१ ग ३७२५ नम्बरको वनटन गाडी ठोक्किएको डिएसपी माधवप्रसाद काफ्लेले बताए । पिकअप गाडीका सह–चालक सुनसरीको ईटहरी उप महानगरपालिका–५ का ५२ वर्षीय भवानी र वनटन गाडीमा सवार १८ नम्बर बाहिनी उदयपुरमा कार्यरत जमदार खोटाङको मझुवागढी नगरपालिका–१० का ४२ वर्षीय जिवन गरी घाईते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको र सेनाको वनटन गाडी र चालकलाई इलाका प्रहरी कार्यालय भारदह, सप्तरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.