नवप्रभात सहकारीद्वारा सर्वसाधारणलाई मास्क वितरण

A notice in Nepali from Mechinagar Ward No. 10

२, भाद्र, भद्रपुर : दोस्रो लहरको कोरोना संक्रमणको उच्च जोखिममा रहेको झापामा विभिन्न संघ–संस्थाले सर्वसाधारणका लागि मास्क वितरण गर्न थालेका छन् ।

कोरोना सर्नबाट जोगाउन प्रभावकारी देखिएको मास्कको उपयोगिता बारे सचेतना जगाउँदै र सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्दै ट्राफिक प्रहरीले शुरु गरेको अभियानमा सामाजिक तथा वित्तीय संस्थाहरु पनि जोडिन थालेका हुन् ।
यसैक्रममा, झापाको भद्रपुर–९, पारिजात चोकमा केन्द्रीय कार्यालय रहेको र नवप्रभात बचत तथा ऋण सहकारी संस्थाले चारआली–केचना सडकखण्ड अन्तर्गतको पारिजात चोकमै सर्वसाधारण यात्रुहरुलाई मास्क वितरण गरेको छ ।

 

श्रीकृष्ण प्रणामी युवा परिषद दुवागढी चन्द्रगढी सँगको सहकार्य र ट्राफिक प्रहरीको समन्वयमा नवप्रभात सहकारीले मास्क वितरण गर्नुका साथै कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
मास्क नलगाई यात्रा गरिरहेका यात्रुहरुलाई रोकेर मास्कको उपयोगिता सम्बन्धी जानकारी गराउँदै मास्क वितरण गरिएको संस्थाका व्यवस्थापक खगेन्द्र ढुंगानाले बताए । ‘मास्कको अनिवार्य प्रयोग गरौँ, सामाजिक दूरी कायम राखौँ, कोभिड १९ बाट बचौँ र बचाऔँ’ भन्ने सन्देशसहित गरिएको कार्यक्रममा सोमबार पाँचसय थान भन्दा बढी मास्क वितरण गरिएको ढुंगानाले बताए ।

मास्क वितरण अभियानमा संस्थाका अध्यक्ष शंकर सुवेदी, श्रीकृष्ण प्रणामी युवा परिषद प्रदेश नं १ का संयोजक अनिल ढुंगाना, भद्रपुर नगरपालिका वडा नं. ९ का वडासदस्य नूतन पौडेललगायतको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.