इटहरीमा भाटभटेनी सुपर स्टोरको शाखा उद्घाटन

A notice in Nepali from Mechinagar Ward No. 10

१९ भदौ ,इटहरी । नेपालकै सबैभन्दा ठूलो भाटभटेनी सुपर स्टोरले सुनसरीको इटहरीमा शनिबारदेखि आफ्नो १९ औं शाखा सञ्चालनमा ल्याएको छ। 

इटहरी चोकभन्दा ४ किलोमिटर पश्चिममा पर्ने लबीपुरमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन्।
उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै मालसामानमा १० प्रतिशत छुट दिएको सञ्चालक गुरुङले जानकारी दिए। तर इलेक्ट्रोनिक आइटममा भने २० प्रतिशतसम्म छुट दिइनेछ।

सञ्चालक गुरुङका अनुसार ३५ कट्ठा जमिनसहित इटहरीको भाटभटेनीको लगानी ३ अर्ब पुगेको छ। भाटभटेनीले यस ठाउँलाई मनोरञ्जनस्थलसहितको किनमेलको केन्द्र बनाएको छ।
गुरुङले आफू जन्मीहुर्की गरेको प्रदेश नम्बर १ को केन्द्रमा देशको सबैभन्दा ठूलो स्टोर खोल्न पाएकोमा प्रसन्नताको अनुभव भइरहेको धारणा व्यक्त गरे।

इटहरीमा भाटभटेनीको भवन निर्माण २०७६ फागुनमा सुरु भएको थियो। यसलाई २०७७ माघसम्ममा सञ्चालनमा ल्याइसक्ने योजना थियो। तर कोभिड-१९ को विश्वव्यापी महामारीका कारण प्रोजेक्ट ढिलो भएको गुरुङले बताए।

इटहरीको भाटभटेनीका ए, बी र सी ब्लक नामकरण गरिएका ३ वटा छुट्टाछुट्टै भवन छन्। प्रत्येक ब्लकमा बेसमेन्टसहित ७ तला छन्। बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र यसमा ५ सय गाडी पार्किङ क्षमता छ। मनोरञ्जनका लागि भुइँतलामा ८ सय वर्गफिटका ३ वटा फाउन्टेनको निर्माण गरिएको छ।

‘ए’ र ‘बी’ ब्लकमा भाटभटेनीकै सामान राखिएको छ। ‘सी’ ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट छन्। यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ। यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट निर्माणाधीन छ। त्यसभन्दा माथि वाणिज्य बैंकका एटीएमहरु राखिएको छ।

गुरुङले काठमाडौंको टोखा र सानागाउँसहित हेटौंडा, धनगढी र वीरगञ्जमा भाटभटेनीका भवनहरू निर्माणाधीन रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.