पार्टीभित्रको आन्तरिक कलह, विवाद र अन्तविरोध सडकसम्म छाताछुल्ल हुँदासम्म कसैले नेकपा एमालेको मुलधार नछाडेको नेता कोइरालाको भनाई

A notice in Nepali from Mechinagar Ward No. 10

१९ भदौ, मेचीनगर / नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले नेकपा एमाले अहिले विषम परिस्थितिको सामना गदैं यहाँ सम्म आईपुगेको बताउनुभएको छ ।

झापाको मेचीनगरमा शनिबार सम्पन्न पार्टीको ८ नम्बर वडा कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दैं नेकपा एमाले झापाका इञ्चार्ज समेत रहनु भएका नेता कोइरालाले पार्टीभित्र देखिएका धेरै आन्तरिक विवाद तथा तीब्र अन्तरविरोधहरु सडकसम्म आइपुगेको बताउनुभयो ।

पार्टीभित्रको आन्तरिक कलह, विवाद र अन्तविरोध सडकसम्म छाताछुल्ल हुँदासम्म कसैले नेकपा एमालेको मुलधार नछाडेको र सवै नेकपा एमालेका नेता कार्यकर्ता पार्टीको मुल प्रवाहमा समाहित भएको नेता कोइरालाले स्पष्ट पार्नुभयो ।


नेकपा एमालेको नामबाट सामनान्तर कमिटी र अन्य गतिविधिहरु समेत भएको प्रसंग उल्लेख गदैं नेता कोइरालाले पार्टीले सामनान्तर समितिमा अन्तरविरोधहरुको सामना गदैं नेकपा एमालेकै नामबाट दुईपक्ष भएर अन्तरविरोध बाहिर आएकोमा दुखः व्यक्त गर्नुभयो । पार्टीभित्रको विवाद समाधानका लागि २०७८ जेठ १ गते नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली र वरिष्ठ नेता माधवकुमार नेपालकातर्फबाट पाँच—पाँचजना सदस्य रहेको कार्यदल निर्माण भएको उहाँले जानकारी गराउनुभयो ।

कार्यदलले असार २८ गते पार्टीमा प्रतिवेदन बुझाएको स्मरण गराउदैं त्यस प्रतिवेदनमा नेकपा एमाले २०७५ साल जेठ २ गतेमा फर्कनु पर्ने, नेकपा एमालेलाई एकताबद्घरुपमा अघि बढाउनु पर्ने, नेकपा एमालेलाई माया गर्ने जनताहरुले यो पार्टी विभाजन भएको हेर्न चाहादैनन्, उनीहरु पार्टी एकताबद्घरुपमा अघि बढेको हेर्न चाहान्छन्, नेपाली समाजमा साँस्कृतिक, सामाजिक र आर्थिक रुपान्तरणका एजेण्डाहरु नेकपा एमाले मार्फत सम्बोधन भएको हेर्न चाहान्छन्, असल र सुसम्पन्न समाज निर्माणमा अग्रसर हुन चाहान्छन र यो समाजमा रहेको गरीवी, विपन्नता, असमानता, समाप्त पारेर सवै समृद्घ समाज निर्माण गर्नेपक्षमा रहन चाहान्छन्, त्यसैले यो पार्टी विभाजनमा जानु हुदैंन भन्ने मान्यताका साथ दशवटा बुँदामा केन्द्रित रहेर कार्यदलले पार्टी एकताको प्रतिवेदन प्रस्तुत गरेको नेताको कोइरालाले बताउनुभयो ।


पार्टी एकताबद्घ हुनुपर्दछ भन्ने आधारमा तयार त्यो १० बँुदे प्रतिवेदनमा समेत विवाद भएको उहाँले प्रष्ट पार्नुभयो । एकथरीले यो १० बुँदे प्रतिवेदनका आधारमा मात्र पार्टी एकता हुन नसक्ने भन्दैं विवाद शुरु गरेको उहाँको भनाई थियो । अन्ततः पार्टी विभाजन हुनुहुदैंन भन्दा भन्दैं वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकिृत समाजवादी पार्टी गठन गरेको उहाँको तर्क थियो । विगतमा पार्टी विभाजनका कारण व्यहोर्नु परेको पीडाबाट पाठ सिक्न समेत नेता कोइरालाले आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गदैं वागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको कम्यूनिष्ट आन्दोलनमा पटक पटक चाहे केशरजंग रायमाझी हुन चाहे अहिले भइरहेका फुट पार्टी तत्वहरुले वा अहिले नेपालमा निस्केका गोर्वाचोभले नेपालको कम्यूनिष्ट आन्दोलन र पार्टीलाई समाप्त पार्नका लागि उनीहरु लागि परिरहेको टिप्पणी गदैं त्यसको पछि लाग्न कुनै जररी नरहेको बताउनुभयो । कम्यूनिष्ट पार्टी हिजो टुट फुटबीचबाट एकीकरण गदैं आएको नेकपा एमाले प्यारो पार्टी सूर्य अंकित पार्टीसवैको प्यारो पार्टी हो यसमा बस्दैं वरिपरीका साथीहरुलाई पनि यही पार्टीमा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले जनताले मत दिएर चुनाव जितेका माननीयहरुले काँग्रेसको पछाडी लागेर आफ्नो पार्टीको नेतृत्वको सरकार ढाल्ने खेल नखेल्न र गतिविधि नगर्न चेतावनी दिनुभयो । नेकपा एमालेमा आवद्घ नेता कार्यकर्ताहरुले पार्टीभित्र अन्तरघात नगर्न भन्दैं प्रसाईले तब मात्र आम नेपाली जनताले सोचेको नेकपा एमाले निर्माण हुने र आमुल परिवर्तनको सपना पुरा हुने विश्वास व्यक्त गर्नुभयो । समृद्घ नेपाल सुखी नेपालीको नारा बोकेको, हरेक आदिवासी, जनजाति, दलित, महिला, ज्येष्ठ नागरिकका हरेक समस्याको सम्बोधन गर्ने र सारा नेपालीलाई एउटै मालामा उन्न सक्ने पार्टी नेकपा एमालेलाई कसैले तहस नहस गर्न नसक्ने उहाँको भनाई थियो ।


आयोजक कमिटीका अध्यक्ष विष्णु भटटराईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले झापा जिल्ला सचिवालय सदस्य एवम् मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले ९४ वर्षीया रत्नमाया ढुङ्गाना, ८९ वर्षीया खुशीलाल राजवंशी र ८९ वर्याीया रेणुका गुरागाईलाई दोसल्लाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्यहरु डिल्लीराम घिमिरे, टीकाराम मंग्रान्ती, लालबहादुर धामी, मेचीनगर इञ्चार्ज देवकुमार राई, मेचीनगर अध्यक्ष राजु पोखरेल, उपाध्यक्ष विकेन्द्र धिमाल, युवा नेता बालकृष्ण थापालगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न जनवादी गीतमा नृत्य गर्नुका साथै सहभागी सवैलाई दर खुवाईएको थियो । कार्यक्रम संयोजक कुन्दन निरौलाले सञ्चालन गरेको कार्यक्रममा सहभागी सबैलाई केन्द्रकुमारी उप्रेतीले स्वागत गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.