नेपाली काँग्रेस वडा नम्बर ६ र १० मा सबै सर्वसम्मत चयन

A notice in Nepali from Mechinagar Ward No. 10

१९ भदौ, मेचीनगर / नेपाली काँग्रेस वडा नम्बर— ६ को वडा सभापतिमा पर्शुराम सुवेदी परस सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न वडा अधिवेशनबाट उपसभापतिमा जितबहादुर बस्नेत र मुक्ति श्रेष्ठ, सचिवमा कुलदिप राई र भरत गुरुङ, सहसचविमा हरी पुरी र बासुदेव गौतम सर्वसम्मत चयन हुनुभएको छ ।


३० सदस्यीय वडा समितिको सदस्यहरुमा राजन तामाङ, ओमप्रकाश दुलाल, निभा तामाङ, निशा कार्की, गान्धी भण्डारी, जयदिप राजवंशी, कमला सुब्बा मगर, सुमित्रा भेटवाल, भगवती अधिकारी, पवन तामाङ, टंक खड्का, एञ्जल घिमिरे, पदम बस्नेत, तारा सुवेदी, अनिता सिल्वाल, तेजु लिम्बु, सपना राई, लाइमा वेगम, अनिल गुप्ता, सुरेश मल्लिक, कुलदिप अग्रवाल र जसबहादुर लिम्बु सर्वसम्मत चयन हुनुभएको छ । वडा नम्बर ६ बाट ६८ जाना क्षेत्रीय प्रतिनिधि समेत सर्व सम्मत छनौंट भएका छन् । नेपाल काँग्रेसको आसन्न १४ औँ महाधिवशेनका लागि शनिबार वडा अधिवेशन सम्पन्न भएको हो ।

यसैगरी नेपाली कांग्रेस झापाको सभापति पदका दावेदार राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । मेचीनगर वडा नं. १० बाट उहाँसहित ८० जना क्षेत्रीय प्रतिनिधि र वडा पदाधिकारी सर्वसर्वसम्मत निर्वाचित भएका हुन् । कट्टेल अहिले पार्टीका जिल्ला उपसभापति हुनुहुन्छ ।

सो वडाको सभापतिमा चन्द्र तिवारी निर्वाचित हुनुभयो । सोही वडाबाट पार्टीका मेचीनगर सभापति इन्द्र बुढाथोकी, वडा अध्यक्ष सुदय पनेरुलगायत अगुवा नेताहरु क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत हुनुभएको छ । बुढाथोकी यसपाली पार्टीको क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदको दावेदार हुनुहुन्छ । झापा जिल्लामा वडामा सबै भन्दा धेरै ८० जना नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि सहित सबै सर्व सम्मत चयन भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.