नेता अधिकारीको उपसभापतिमा उम्मेद्वारी दिने घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

२२ भदौ, मेचीनगर : नेपाली काँग्रेसको मेचीनगर उपसभापतिमा युवा नेता राजु अधिकारी ‐बाटिका) ले उम्मेद्वारी दिनेहुनु भएको छ । आसन्न पार्टीको १४ औं महाधिवेशनलाई लक्षित गरेर भदौ २७ मा हुने नगरपालिका र गाउँपालिको अधिवेशनमा उहाँले उपसभापति पदका लागि प्रतिस्पर्धा गर्ने बताउनुभएको छ ।

मंगलबार स्थानीय सञ्चारकर्मीहरुसँगको भेटघाटमा नेता अधिकारीले आफूलाई पार्टीका क्रियाशील सदस्यहरुको साथ सहयोग रहेका कारण उपसभापतिमा उम्मेद्वारी दिने बताउनुभयो । विंक्रम सम्वत २०४६ सालबाट नेपाली काँग्रेसको चारतारे झण्डामा गोलबद्घ बनी हालसम्म सोहि पार्टीमा सक्रियरुपमा रहेकाले यस पटकको अधिवेशनमा मेचीनगरको उपसभापतिमा योग्य भएका कारण आफूले उम्मेद्वारी पेश गर्ने अधिकारीको भनाई छ ।

नेपाली काँग्रेस नेपालको एक समाजवादी–जनवादी राजनीतिक दल भएका कारण आफूलाई विभिन्न समयमा पार्टीले दिइएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको उहाँको भनाई छ । पर्यटन तथा होटल व्यवसायी नेता अधिकारीले नेपाली काँग्रेसकै प्रतिनिधित्व गरेर नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल एजेण्ट्स १ नम्बर प्रदेश समितिको कार्यकारी सदस्य, कोषाध्यक्षको जिम्मेवारी बहन गरिसक्नुभएको छ । हाल उहाँ नेपाली काँग्रेसकै प्रतिनिधित्व गर्दै होटल व्यवसायी महासंघको केन्द्रीय सदस्य हुदैं हाल केन्द्रीय सचिवको जिम्मेवारीमा हुनुहुन्छ । नेता अधिकारी अबको पार्टीको जिम्मेवारी युवालाई दिनुपर्ने र पार्टीका अग्रज नेताहरुले अभिभावकिय भूमिकामा रहनुपर्ने बताउनुहुन्छ ।

‘अबको परिवेशमा युवाहरु राजनीतिको अग्रपंक्तिमा आउनुपर्छ’ नेता अधिकारीले सञ्चारकर्मीहरुसँग भन्नुभयो—‘ राजनीतिलाई देश र जनताको सेवा गर्ने माध्यमको रुपमा लिएर जानुपर्छ ।’ ३० वर्षे पञ्चायती शासनको विरुद्घ २०४६ मा भएको पहिलो जनआन्दोलनमा बहुदलिय व्यवस्था स्थापनाका लागि नेपाल विद्यार्थी संघबाट प्रतिनिधित्व गदैं काँग्रेसको चारतारे झण्डा बोकेर आन्दोलनको अग्रमोर्चामा लडेको घटना अझै नेता अधिकारीको मनस्पटलमा ताजै छ । २०६२÷०६३ को जनान्दोलनमा सक्रिय सहभागी उनी वीपी कोइरालालाई आदर्श नेता र उहाँको विचारलाई सबैभन्दा राम्रो विचार ठान्ने बताउनुहुन्छ ।

आफु कुनै विचार समूह (गुट)मा नलागेको बताउने नेता अधिकारी भन्नुहुन्छ— ‘म कुनै विचार समूह (गुट)मा छैन र मेरो गुट नै नेपाली काँग्रेस हो । नेपाली काँग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादमा विश्वास गर्छ त्यस कारण मेरो विचार नेपाली काँग्रेससँग मिल्छ ।’ आफु कुनै गुटको उम्मेद्वार नबन्ने उहाँको भनाई छ । सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उहाँको विचार छ ।

काँग्रेसको नयाँ विधान अनुसार नगर कार्यसमिति ७५ सदस्यीय रहनेछ । जसमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष हुनेछ । नगर अधिवेशन यही भदौ २७ गते हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.