विराटनगरमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार देखि प्लाज्मा थेरापी विधिबाट कोरोना भाइरस संक्रमितको उपचार सुरु भएको छ ।

विराटनरको कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्रमा आजबाट प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो । कोरोना भाइरसको कडा लक्षण देखिएका बिरामीका लागि यो विधिबाट उपचार गरिन्छ।

संक्रमण भएर निको भइसकेकाबाट प्लाज्मा लिएर नयाँ एवं कडा लक्षण भएका बिरामीलाई दिएर उपचार गर्ने गरिएको छ। सेवा शुभारम्भ गर्दै अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरे। यसअघि नै संक्रमण पुष्टि भएका बस्नेत उपचारपछि कोरोनामुक्त बनेका हुन्।

यसअघि प्रदेश १ मा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो पद्धतिबाट संक्रमितको उपचार गर्न थालिएको थियो। विराटनगरमा भने पहिलो पटक सुरु भएको अस्पतालका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए।

प्रदेश सरकारले कोभिड अस्पतालमा सेवा थप गर्दै लगेको छ। अस्पतालमा आईसीयू, भेन्टिलेटर र आइसोलेसन गरी ८० वटा बेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक बस्नेतले बताए। कोभिड अस्पतालमा लक्षणसहितका संक्रमितको उपचार हुन थालेको छ।

अस्पतालमा उपचाररतमध्ये मंगलबारसम्म चार सय ६१ जनाको उपचार सफल भएको छ। उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन्। अस्पतालमा ६२ जना अहिले पनि उपचाररत रहेको डा. सिग्देलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.