विराट मिडिया कप : ग्रामीण पत्रकार समूहद्वारा उद्घोष दैनिक पराजित,भोलि असोज २३ गते सूर्योदय र हिमशिखर भिड्दै

A notice in Nepali from Mechinagar Ward No. 10

२२ असोज,इटहरी ।विराट टेलिभिजन इटहरीको आयोजनामा आजदेखि सुनसरीको इटहरीमा प्रथम विराट मिडिया कप फुटबल प्रतियोगिता २०७८ शुरु भएको छ।

आजको पहिलो खेलमा ग्रामीण पत्रकार समूह ,बराहक्षेत्र विजयी बनेको छ । बराहक्षेत्रले विराटनगरको उद्घोष दैनिकलाई २ -० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।
खेलको दोस्रो हाफको १० र २२ औं मिनेटमा बराहक्षेत्रका जर्सी नम्बर १० का खेलाडी विजय कुमार राउतले दुई गोल गर्दै टिमलाई विजयी बनाए।

आजको खेलको म्यान अफ द म्याच बराहक्षेत्रका विजय कुमार राउत रहे। उनले नगद एक हजार प्राप्त गरे।

कार्यक्रमको उद्घाटन १ नम्बर प्रदेश प्रहरीका कार्यलय प्रमुख डिआइजी अरुण कुमार विसीले गरेका थिए ।झापा,मोरङ सुनसरीका आयोजक सहित नौ सञ्चार गृहको सहभागी रहने प्रतियोगितालाई जिल्ला फुटबल संघ ( एन्फा)सुनसरीको सहकार्य रहेको छ। सञ्चार गृहको प्रगाढ सम्बन्ध र आउँदै गरेको विजया दशमी र तिहारको शुभकामना आदान प्रदान गर्ने उदेश्यले खेल सञ्चालन गरिएको विराट मिडिया कप कमिटीका अध्यक्ष विकल पौडेलके जानकारी दिए।
भोलिको खेल सूर्योदय टेलिभिजन विर्तामोड र हिमशिखर टेलिभिजन दमक झापा बीच दिउँसो ४ बजे इटहरी रंगशालामा हुँदैछ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उप विजेताले १५ हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।फाइनल खेल असोज २६ गते सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.