मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबलको फाइनलमा उपाधिका लागिअरुणोदय र ओस्यानिक भिड्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१५ कार्तिक, मेचीनगर : थेसिस इङ्ग्लिस बोर्डिङ्ग स्कुल अन्तर्गत रहेको थेसिस स्टुडेण्ड स्पोर्टस युथ क्लबको आयोजनामा भइरहेको मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगितामा आज दुर्गा आवसीयमा मा.वि.चारआली र युनाइटेट एकाडेमी बाहुण्डाँगीका बीच भएको खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा दुर्गा आवासीय मा.वि. चारआलीले युनाइटेट बोर्डिङ्ग स्कुललाई १ गोलको अग्रताले जित्न सफल भयो ।

आज भएको दोस्रो खेलमा अरुणोदय आवसाीय मा.वि. काँकरभिट्टाले हिमालयन इङ्ग्लिस एकाडेमी धुलाबारीलाई १–० गोल अन्तरले पराजित ग¥यो भने आज नै भएको पहिलोे सेमी फाइनल खेलमा दुर्गा आवासीय मा.वि. चारआलीलाई ओस्यानिक निर्वाणा बोर्डिङ्ग स्कुल बौंद्धमोडले २–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेस गर्न सफल भयो । त्यस्तै आजै नै अरुणोदय आवासीय मा.वि. काँकरभिट्टाले विद्याविकास एकाडेमी बाहुण्डाँगीलाई वाकओभर दिएर फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो ।

तीन दिन सम्म सञ्चालित प्रतियागिताको अन्तिम दिन भोलि अरुणोदय आवासीयमा माध्यमिक विद्यालय काँकरभिट्टा र ओस्यानिक निर्वाणा बोर्डिङ्ग स्कुल बौंद्धमोडका बीच दिउँसो १ बजे फाइनल खेल हुने आयोजक विद्यालयका प्रधानाध्यापक डम्बर रुचालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.