टी-२० विश्वकप : न्युजिल्यान्डको जितसँगै भारत समूह चरणबाटै बाहिरियो

A notice in Nepali from Mechinagar Ward No. 10

२१ कार्तिक, काठमाडौं : टी–२० विश्वकप न्युजिल्यान्डको जितसँगै भारत समूह चरणबाटै बाहिरिएको छ।

आज युएइको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड यात्रा सुरक्षित गरेको हो। अफगानिस्तानले दिएको एक सय २५ रनको लक्ष्यलाई पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको छ।

आजको खेलमा टस जितेको अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अफगानिस्तानले एक सय २४ रन जोडेको थियो।

अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए। उनले ४८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे। जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले ११ बल बाँकी छँदै २ विकेटको क्षतिमा लक्ष्य भेटायो।

न्युजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४१ रन  र  डेभोन कोनवेले ३५ रन बनाए। न्युजिल्यान्डको जितसँगै भारतको सेमिफाइनल यात्रा टुंगिएको हो। पापाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

भारत यसअघि पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग विकेटले पराजित भएको थियो। अफगानिस्तान र स्कटल्यान्डलाई भने पराजित गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.