२५, कात्तिक मेचीनगर : झापाको मेचीनगर —१० स्थित आम्दा मेची अस्पताललाई सुबोध दाहाल स्मृति सेवा कोषले नगद एकलाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । २०४६ सालमा १५ वर्षको उमेरका सुवोध सवार बस त्रिशूली नदीमा खस्दा बेपत्ता भएका थिए ।
दाहाल प्रतिष्ठान केन्द्रिय कार्यालय अन्तर्गत सुवोध दाहाल स्मृति सेवा कोष २०७२ ले स्वास्थ्य शीर्षक अन्तर्गत रकम सहयोग गरेको हो । विहीबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा दाहाल स्मृति सेवा कोषका अध्यक्ष दिवंगत सुवोधका पिता गजेन्द्रप्रसाद दाहालले बिशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दैं प्रमुख अतिथि नगरप्रमुख आचार्यले सबैको साथ सहयोगले आम्दा मेची अस्पतालले विशेष सेवाहरु केही समयमै सञ्चालनमा ल्याउने बताउनुभयो ।
दाहाल प्रतिष्ठानका सहअध्यक्ष दुर्गाप्रसाद दहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिष्ठानका महासचिव पुण्यप्रसाद दाहालले स्वागत मन्तव्यर र कार्यक्रम सञ्चालन केशव दाहालले गर्नुभएको थियो । दाता परिवारको तर्फबाट सुझाव सबै नगरबासीबाट अपनत्व ग्रहण गर्नका लागि नगरपालिकाबाट न्यून सहयोग उठाउन सुझाव दिईएको थियो । कार्यक्रममा उद्योग, व्यवसायी र सर्वसाधारणको सहभागिता रहेको थियो ।

























