२९ कार्तिक, झापा : झापा जिल्ला फुटबल संघको आयोजनामा भएको नेपाल आइस झापा जिल्ला स्तरीय “ए” डिभिजन लिग तथा नकाउट फुटबल प्रतियोगिता २०७८ को तेस्रो दिन भएको खेलमा गोरखा स्पोर्टिङ्ग क्लबले काकँरभिट्टा ट्रेनिङ सेन्टरलाई ० का विरुद्ध १ गोल गरि पराजित गरेको छ । गोर्खा स्पोर्टिङ्ग क्लबका जर्सी नम्बर ९ का प्रकाश कार्कीले खेल सकिन डेढ मिनट बाँकी रहदा गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो ।
खेलको म्याम अफ द म्याच गोर्खा स्पोर्टिङ्ग क्लबका क्लबका जर्सी नम्बर ९ का प्रकाश कार्की गोषित भएका थिए । उनलाई झापा जिल्ला फुटबल संघका उपाध्यक्ष संजय राईले नगद १५ सय रुपैयाँ तथा ट्रफी प्रदान गर्नु भएको जानकारी झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले(मामा) ले दिनु भयो ।
भोलिको खेल बिर्तामोड युनाइटेड बिर्तामोडका विरुद्ध न्यू स्टार क्लब खोपबारी बिर्तामोडका बीच दिनको ठीक ३ बजे डोमालाल रंगशालमा सञ्चलान हुने झापा जिल्ला फुटबल संघका महासचिब सुन्दर बस्नेतले जानकारी दिनु भयो ।

























