३ मंसिर, मेचीनगर : नेपाल सम्वत् ११४२ तथा बाल दिवसका अवसर पारेर शनिबार झापाको मेचीनगरमा खुला ‘हाफ म्याराथन’ प्रतियोगिता हुने भएको छ साथै आगामी फेब्रुवरी १८ देखि २० तारखिसम्म हुने अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतका रोटरी क्लवको १४ औँ ‘डिष्ट्रीक कन्फरेन्स’, अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतका रोटरी क्लवको १४ औँ ‘डिष्ट्रीक कन्फरेन्स’ झापाको मेचीनगरमा हुदैंछ ।
आयोजक अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । रोटरी डिष्ट्रिक ३२९२ ले नेपाल र भुटानमा रहेका क्लबहरुको संयोजन गर्दछ । एउटा डिष्ट्रिकले दुईवटा देशको क्लब हेर्न सक्दछ भने एउटा देशभित्र रोटरी क्लबहरुको संख्याको आधारमा १ वा सो भन्दा बढी डिष्ट्रिक पनि हुने गर्दछ ।
धुलावारीमा आयेजित पत्रकार सम्मेलनमा आयोजक अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरका ‘प्रेसिडेन्ट’ कपिल क्षेत्रीले १ नम्बर प्रदेशभरिका महिला र पुरुषगरी करीव एकसय बढी धावक सहभागी हुने बताउनुभयो ।
झापाको मेचीनगर-१४ स्थित शहीद दशरथ चन्द माध्यमिक विद्यालय चारआलीबाट विहान शुरु भएको ‘हाफ म्याराथन’ मेचीनगर—६ को काँकरभिट्टास्थित एशियन हाइवेमा पुगेर समापन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । १३ किलो मिटर दुरी कायम गरिएको प्रतियोगतामा प्रथम, दोस्रो र तेस्रो हुने महिला तथा पुरुषले क्रमस दश हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । साथै चौथो देखि दशैँ स्थान प्राप्त प्रतिगोगिताका धावकले जनही नगद एहजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा करीव एकलाख रुपैयाँ खर्च अनुमान गरीएको र उक्त रकम रोटरीका सदस्यहरुबाटै संकलन गरिएको तथा ट िसर्टहरु स्वतःरुफूतरुपमा उद्योगी, व्यवसायीहरुबाट सौजन्य स्वरुप प्राप्त भएको ‘प्रेसिडेन्ट’ क्षेत्रीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
खासगरी यो प्रतियोगिता ‘आगामी फेब्रुवरी १८ देखि २० तारखिसम्म हुने अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतका रोटरी क्लवको १४ औँ ‘डिष्ट्रीक कन्फरेन्स’, नेपा सम्वत् ११४२ तथा बाल दिवसलाई लक्षित गरेरै हो ’ आयोजक क्लबका ‘प्रेसिडेन्ट इलेक्ट’ अनन्तप्रकाश वस्तीले भन्नुभयो—‘प्रतियोगितालाई सफलरुपमा सम्पन्न गर्न सवैक्षेत्रको साथ सहयोग आवश्यकता महशुस गरेका छौ र पाईरहेका पनि छौ । आशा छ ‘आगामी फेब्रुवरी १८ देखि २० तारखिसम्म हुने अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतका रोटरी क्लवको १४ औँ ‘डिष्ट्रीक कन्फरेन्स’लाई पनि सफलरुपमा सम्पन्न गर्न सवैको साथ सहयोग अवश्य मिल्ने नै छ ।’ रोटरी क्लबले शिक्षा , स्वास्थ्य, वातावरण, पर्यावरणलगायत अन्य सामाजिक क्षेत्रमा काम गर्ने उहाँको भनाई छ । रोटरीले ६ वटा विधामा काम गर्छ । जस्लाई रोटरीले ‘सिक्स फोकस एरिया’भन्ने गरेको छ । स्वास्थ्यका क्षेत्रमा रोटरीले महत्वपर्ण योगदान गरेको पत्रकार सम्मेलनमा बताईएको छ ।
सन् १९८५ मा संसारबाट पोलियो उन्मुलन गर्ने दायित्व आफ्नो काँधमा लिदैं रोटरीले १९८८ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ मिलिण्डा गेट्स फाउण्डेशनलगायतका संस्थाहरुसँग सहकार्य गरेर हाल सम्म ९९ दशमलव ९ प्रतिशतपोलियो संसारबाट उन्मुलन गर्न सफल रहको छ । रोटरीको यस कार्यलाई संसारले निक्कै उपलब्धिमुलक काम ठान्दैं यसको खुलेरै प्रशंसा गरेको छ । यो सँगै २०१४ मा नेपालसहित ११ देशलाई विश्व स्वास्थ्य संगठनले पोलियो मुक्त देश घोषणा गरेको छ ।
सन् १९०५ फेव्रवरी २३ तारीखमा अमेरिकाको सिकागो शहर भन्ने ठाउँमा पावलह्यारिससहित अन्य चारजना मिलेर स्थापना भएको रोटरी अहिले विश्वभरका १ सय ५९ देशमा फैलिएको छ ।
नेपालमा रोटरी सन् १९५८ नोभेम्वर २० मा भित्रिएको हो । काठमाण्डौंको कान्तिपथमा तात्कालिन राजा श्री ५ महेन्द्रबीर विक्रम शाह त्यो क्लबको पेट्रोन इनचिफ थिए । त्यसवेला तात्कालिन बडामहारानी रत्नले ५४ औँ अन्तर्राष्ट्रिय रोटरी क्लबको स्थापना दिवसकाअवसरमा ५४ वटा मैनवत्ती प्रज्वलन गरी शुरुवात भएको थियो । भारतमा रहेको रोटरी क्लब अफ दरभंगाको मातहतमा रहने गरी यो क्लब गठन भएको थियो ।
विश्वभरका रोटरी क्लबहरुले पावललाई रोटरीको जन्मदाताका रुपमा समेत लिने गरेका छन् । हरेक वर्षको जुलाई १ तारीख विश्वभर एकसाथ रोटरीका नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने गर्दछन् । पत्रकार सम्मेलनमा क्लब कोडिनेटर दिनेश शाक्य, सदस्यहरु ऋषिराज तिम्सिना, थिन्कु नेम्बाङ्ग, रोट्रयाक क्लब अफ मेचीनगरका ‘प्रेसिडेन्ट’ इभान लुईटेल, सदस्य आष्मा चापागाईँलगायतले पत्रकारहरुको जिज्ञाशाको जवाफ दिनुभएको थियो ।

























