४ मंसिर, मेचीनगर : झापाको मेचीनगरमा शनिबार सम्पन्न खुला ‘हाफ म्याराथन’ प्रतियोगिता पुरुषतर्फ सुनसरी धरान— १५ का किरण लिम्बु र महिलातर्फको झापा मेचीनगरकी भवानी कामती प्रथम भएका छन् ।
झापाको मेचीनगर—१३ स्थित शहीद दशरथ चन्द माध्यमिक विद्यालय चारआलीबाट मेचीनगर—६ को काँकरभिट्टासम्मको करीव १३ किलो मिटर दुरी लिम्बुले ३७ मिनेट ४१ सेकेण्डमा मिनेटमा पारे गदैं पूरषतर्फ प्रथम भएका थिए भने महिलातर्फ कामतीले ४९ मिनेट १४ सेकेण्डमा दुरी पार गरेकी थिईन् । लिम्बु र कामतीले जनहीे नगद दश÷ दश हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
यसैगरी पुरुषतर्फ मोरङ्ग मधुमल्लाका याङ्गदेव राईले ३८ मिनेट ४० सेकेण्डमा निर्धारीत दूरी पार गदैं दोस्रो भए भने मेचीनगरका कृष्ण अधिकारीले ३९ मिनेट ४२ सेकेण्डमा दुरी पार गरेर तेस्रो भएका थिए । उता महिलातर्फ झापा मेचीनगरकी मुनिका घलले ५३ मिनेट २ सेकेण्डमा दुरी पार गदैं दोस्रो तथा झापा भद्रपुरकी सुष्मिता वान्तवा राईले ५३ मिनेट ४२ सेकेण्डमा दुरी पारेर तेस्रो भईन् ।
दोस्रो तथा तेस्रो हुने महिला तथा पुरुष धावकहरुले क्रमस नगद ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका थिए । चौथो देखि दशैँ स्थान प्राप्त प्रतिगोगिताका धावकले जनही नगद एकहजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका थिए । सवैलाई मेचीनगर नगरप्रमुख विमल आचार्य आयोजक अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरका ‘प्रेसिडेन्ट’ किशोर ‐कपिल)क्षेत्रीले रकम हस्तान्तरण गर्नुभएको थियो ।
आगामी फेब्रुवरी १८ देखि २० तारखिसम्म हुने अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतका रोटरी क्लवको १४ औँ ‘डिष्ट्रीक कन्फरेन्स’, नेपाल सम्वत् ११४२ र अन्तर्राष्ट्रिय बाल दिवसका अवसर पारेर अन्तर्राष्ट्रिय रोटरी नेपाल भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरले प्रतियोगिताको आयोजना गरेको थियो ।

























