१६ पुस , मेचीनगर : झापाको मेचीनगर—१३ चारआलीमा २ लाख २५ हजार घनमिटरको खानेपानी टयाङ्कीको शुक्रबार सिलान्यास भएको छ । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तरर्गत मेचीनगर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा ओभरहेड ट्याङ्कीको सिलान्यास गर्नुभएको हो ।
यही आयोजना अन्तरर्गत झापाको मेचीनगर—४ बाहुण्डाँगीमा काँकरभिट्टा खानेपानी स्किमको ४ सय ५० घनमिटरको क्षमताको ओभरहेड ट्याङ्कीको निर्माण कार्य धमाधम भइरहेको छ । ट्याङ्की की निमाण कार्य लगभग अन्तिम चरणमा पुगेको छ ।
शुक्रबार चारआली स्किम अन्तरर्गत सिलान्यास गरिएको हो । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तथा मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष राजकुमार पराजुलीको अध्यक्षतामा भएको सिलान्यास समारोहमा अब चाडै धुलाबारीमा समेत अर्को ट्याङ्कीको सिलान्यास गरिने योजना रहेको बताईको छ ।

मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन गर्न मेचीनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, मेचीनगर नगरपालिका प्रदेश नम्बर १ झापा र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरबीच गएको बैशाखमा त्रिपक्षीय सम्झौता भएको थियो ।
सिलान्यास समारोहमा मेचीनगर नगर प्रमुख आचार्य, उपप्रमुख उप्रेती १४ नम्बर वडाका वडा अध्यक्ष शंकर पोखरेल र काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तथा मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष पराजुलीले बोल्नुभएको कार्यक्रमको सञ्चालन चारआली खानेपानीका अध्यक्ष मधुसुदन निरौलाले गर्नुभएको थियो । सिलान्यास समारोहमा बोल्दैं नगर प्रमुख आचार्यले नेपालको संविधान २०७२ मा हरेक नागरिकले सफा, शुद्घ र स्वच्छ पानी पिउने उस्को नैसर्गिक अधिकार स्पष्ट भएकाले अब मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीलाई स्वच्छ, सफा र शुद्घ पानी उपलब्ध गराउने बताउनुभयो । समयमै ओभरहेड ट्याँकीको निर्माण कार्य सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीलाई स्वच्छ, सफा र शुद्घ पानी उपलब्ध गराउने बताउनुभयो । यस आयोजनाले समेत यसमा निक्कै टेवा पुग्ने उहाँको भनाई थियो । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनामा त्रिपक्षीय सम्झौता भएसँगै नगरवासीले थप सफा, शुद्घ र स्वच्छ पानी पिउन पाउने कुरामा उपप्रमुख उप्रेतीले विश्वास व्यक्त गर्नुभयो
कार्यक्रममा आसपास क्षेत्रका मेचीनगरका वडा अध्यक्षहरु, स्थानीय पार्टीका प्रतिनिधि तथा छिमेकी खानेपानी संस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

























