१६ पौंष, मेचीनगर : झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सालघारीमा शुक्रबार एक समारोहका बीच मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको विधिवत् रुपमा उद्घाटन गगर्नुभएको छ ।
स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख आचार्यले स्वास्थ्य मानिसको सबैभन्दा जटिल र महत्वपूण विषय भएको बताउनु भयो । साथै उहाँले स्वास्थ्य चौकीलाई आधुनिक स्वास्थ्य सेवा सहितको पुर्वाधार थप्दै आगामी दिनमा सो क्षेत्रका नागरिकलाई अझ दक्ष जनशक्तीका साथ स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन आफु लागि पर्ने बताउनु भयो ।
नगर उपप्रमुख मीना उप्रेतीले नगरका सबै नागरिक स्वास्थ्यको पहुचमा अझै पुग्न नसकीरहेको अवस्थामा यी र यस्ता आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत पनि धेरैले सेवा लिन पाउने बताउनु भयो । साथै सो क्षेत्रका नागरिकलाई स्वास्थ्य सम्बन्धि भरपुर लाभ लिन आग्रह समेत गर्नुभयो ।
त्यस्तै कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, नेकपा एमाले जिल्ला कमिटी सदस्य लालबहादुर थामी, नेकपा एमाले मेचीनगर ८ का वडा अध्यक्ष विष्णु भट्टराई, नेपाली काँग्रेस मेचीनगर ८ का वडा सभापति गिरीराज धमला, माओवादी केन्द्रका राजु दाहाल, जनता समाजवादी पार्टीका पवन मेचेलगायतले बोल्दै सो क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा मार्फत चिया मजदुर, विपन्न तथा पिछडिएका वर्ग सहित सबै समुदायका मानिसले आफ्नै ठाँउमा स्वास्थ्य सेवा लिन पाउने बताए ।
तत्कालिन केपी शर्मा आली नेतृत्वको संघीय सरकारबाट स्वास्थ्य मन्त्रालय मार्फत विनियोजित २८ लाख रकमबाट निर्माण सम्पन्न गरेको उक्त आधारभूत स्वास्थ्य सेवा केन्द्रले वडा नम्बर ८ सहित अन्य छिमेकी वडाका नागरिकहरुलाई पनि स्वास्थ्य सेवा लिन सहज भएको मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमालले जनाउनु भयो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन कार्यक्रममा आयोजक मेचीनगर ८ वडा कार्यालयले स्थानीय जग्गा दाता तिम्सिना परिवारलाई सम्मान गरेको थियो । साथै सोहि अवसरमा वडा कार्यालयले मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा निःशुल्क आँखा स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो जसमा १५० बढी स्थानीयले लाभ लिएका मेचीनगर ८ वडा कार्यालय सचिव त्रिलोचन पौडेलले जानकारी दिए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका वरिष्ट प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, मेचीनगर स्वास्थ्य शाखा प्रमुख सरिता सापकोटा, मेचीनगर–८ का वडा सदस्यहरु सन्तोष मेचे, गंगा पाठक, खिला मेचे र विष्णु बराईली लगायतको आतिथ्यता रहेको थियो ।
मेचीनगर – ८ वडा अध्यक्ष विकेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत आधारभूत स्वास्थ्य सेवा केन्द्रका उपाध्यक्ष कुन्दन निरौला र सञ्चालन मेचीनगर ८ का स्वास्थ्य प्रमुख दिवाकर पौडेलले गरेका गरेका थिए ।

























