निर्माण लहर ११ औं वर्षमा प्रवेश

A notice in Nepali from Mechinagar Ward No. 10

२४ माघ, भद्रपुर : झापाबाट निरन्तर प्रकाशित निर्माण लहर साप्ताहिक ११ औं वर्षमा प्रवेश गरेको छ ।
विधागत पत्रकारिताको अभ्यासस्वरूप आर्थिक विधालाई प्रमुखतामा राखेर वि स. २०६८ माघ २४ मा प्रकाशन शुरू भएको निर्माण लहर साप्ताहिक १० वर्ष पूरा गरी आजदेखि ११ औं वर्षमा प्रवेश गरेको सम्पादक रोहित काफ्लेले जानकारी दिए । पत्रिकाले आर्थिक विषयवस्तुलाई बढी समेट्ने गरेको छ । निर्माण लहर झापाको पहिलो र एक मात्र आर्थिक पत्रिका भएको दाबी गर्दै सम्पादक काफ्लेले भने, ‘निर्माण लहर आर्थिक समृद्धिको सहयात्री हो ।’ पत्रिकाको मंगलबार सम्वाद स्तम्भलाई पाठकहरूले निकै रूचाएका छन् । पत्रिकाले विभिन्न समयमा निजी तथा सहकारी क्षेत्रबाट सम्मान पुरस्कार पनि प्राप्त गरेको छ ।

पछिल्लो समय विश्वव्यापी महामारी कोरोना भाइरसका कारण पत्रिका वितरणमा केही समस्या उत्पन्न भएको बताउँदै सम्पादक काफ्लेले परिस्थिति सामान्य अवस्थामा फर्किएपछि वितरणलाई थप विस्तार र व्यवस्थित बनाइने जानकारी दिए ।

निर्माण लहर साप्ताहिक प्रकाशन समूहको अध्यक्षमा नवराज पनेरू रहेका छन् भने सम्पादकीय टिममा अनिल ढुंगाना, भास्कर शर्मा र गंगा बराल रहेका छन् ।

११ औं वर्ष प्रवेशको अवसरमा सबै सहकर्मी, विज्ञापनदाता, सहयोगीप्रति सम्पादक काफ्लेले आभार प्रकट गरेका छन् ।
निर्माण लहर प्रेस काउन्सिल नेपालको बर्गीकरणमा ख वर्गको पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.