११ फागुन, मेचीनगर : पुनः प्रकाश नेम्वाङको नेतृत्वमा १९ सदस्यीय नयाँ नेतृत्व चयद गर्दै किराँत याक्थुङ चुम्लुङ मेचीनगर वडानम्बर— ६ को तेस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
समितिको उपाध्यक्षमा राजन लाबुङ, र लीलानाथ आङ्गदेम्वे, सचिवमा विवेक साम्सुहाङ, सहसचिवमा सुकवीर कन्दङ्वा र कोषाध्यक्षमा रोशन आङ्गदेम्वे सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा दिलहाङ सिङ्घक, हरि चेम्जोङ, ईन्दिरा लिम्बु श्रेष्ठ, सिर्जना जवेगु, ईन्दिरा केरुङ, शीला काम्बाङ, मुन्ना साउदेन, देउमान तुम्बाहाम्फे, चिरञ्जीवि सुब्बा, शान्त फिया्क, हरि आङ्गदेम्वे, बिनय लिम्बु, र भिमबहादुर सावाँ रहनु भएको छ ।
लिम्बु भाषाका इतिहासकार एवम् लेखक क्याप्टेन गेपीलाल लिम्बुको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा किराँत याक्थुङ चुम्लुङ मेचीनगरका पूर्व पदाधिकारीहरु हर्कबहादुर फिया्क लिम्बु, हस्तबहादुर आङ्गदेम्वे, धनकुमारी केरुङ, शुकमाया लिम्बु, प्रकाश खापुङ, धनप्रसाद केरुङ, जीवन सिघंक लगायतले शुभकामना मन्तव्य राख्दैं नवनिर्वाचित नेतृत्वलाई बधाई ज्ञापन गदैं कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरुले लिम्बु समुदायहरुको भाषा, कला, संस्कृति रीतिरीवाजलाई बचाई राख्न र जोगाउन आवश्यक रहेको बताउनुभयो । आफ्नो कला संस्कृति रीतिरीवाजलाई बचाउन सकेमात्र हरेक समुदायको पहिचान बच्ने उहाँहरुको भनाई थियो ।
अधिवेशन प्रकाश नेम्वाङको अध्यक्षता र विवेक साम्सुहाङको सञ्चालनमा भएको हस्तबहादुर आङ्गदेम्वेले जानकारी दिनुभयो ।


























