नेतृत्व चयन गर्दै नेपाल निजामती कर्मचारी संगठन झापाको अधिवेशन सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१४ फागुन, भद्रपुर : आगामी तनिवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै नेपाल निजामती कर्मचारी संगठन झापाको ११ औं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।
झापाको भद्रपुर १० स्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी परिसरमा आयोजित समारोहका बीच नेपाल निजामती कर्मचारी संगठन ११ औं राष्ट्रिय आयोजक समितिका संयोजक केदारप्रसाद देवकोटाले अधिवेशन उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथि देवकोटाले उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्र निर्माण र देश विकासमा निजामती कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने हुँदा सदैव इमानदार भएर काम गर्नुपर्ने बताउनु भयो । उहाँले कर्मचारी प्रशासन स्थायी हुने भएकोले सेवाग्राहीले गुनासो रहने गरी काम गर्न नहुने औंल्याउनु भयो ।

समारोहमा प्रदेश नं १ स्रदेशसभा सदस्य वसन्त बानियाँ, संविधानसभा सदस्य एवम् नेकपा एमाले झापा अध्यक्ष दीपक कार्की, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, नेपाल निजामती कर्मचारी संगठन इलामका अध्यक्ष छविलाल खतिवडालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संगठनका सचिव दीपक सापकोटाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उद्घाटन समारोहको सञ्चालन उपाध्यक्ष तेजु रेग्मी र स्वागत कोषाध्यक्ष मनोज तिम्सिनाले गर्नुभएको थियो ।

आजै सम्पन्न निर्वाचन प्रक्रियाबाट केदारप्रसाद पोखरेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
अध्यक्षमा पोखरेल, उपाध्यक्षमा हिरन्य न्यौपाने, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा मनोज तिम्सिना, सह सचिवमा इन्द्रहरि भट्टराई र कोषाध्यक्षमा कृष्णप्रसाद सुवेदीको मात्र उम्मेद्वारी परेपछि उहाँहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको प्रमुख निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिनु भयो । अध्यक्ष पोखरेलको यो दोस्रो कार्यकाल हुनेछ ।

यसैगरी सदस्यमा सुरेश गौतम, नगेन्द्र भट्टराई, पूर्णचन्द्र मैनाली, दीपक रेग्मी, राजकुमार न्यौपाने, नरेन्द्र श्रेष्ठ, केदारकुमारी अधिकारी, सुष्मिता मैनाली, जीवनकला राउत, टिना काफ्ले, शारदा घिमिरे, जट्टाशंकर झा, यामकुमार कन्दङवा, रोशन घतानी र लोकबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएको आचार्यले बताउनु भयो ।

अधिवेशनले संगठनको लेखा परीक्षण आयोगको संयोजकमा सुवासकुमार विक र सदस्यमा रामप्रसाद ढकाल, सुधिर खनाल, खिना तिम्सिना र अरुणा भट्टराईलाई सर्वसम्मत चयन गरेको छ भने राष्ट्रिय अधिवेशनका लागि ९ जना केन्द्रीय प्रतिनिधि र १ नं प्रदेश अधिवेशनका लागि १७ प्रदेश प्रतिनिधि पनि चयन गरेको निर्वाचन समितिका सदस्य तुलसीप्रसाद भण्डारीले जानकारी दिनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.