१९ जेठ, मेचीनगर : लायन्स क्लब मेचीनगरको सन् २०२२/२०२३ को अध्यक्षमा मोहन मैनाली सर्वसम्मत चयन हुनुभएको छ ।
काँकरभिट्टामा बिहीबार सम्पन्न क्लबको भेलाले मैनालीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । भेलाले प्रथम उपाध्यक्षमा गंगालाल गुरूङ्ग, द्वितीय उपाध्यक्षमा रोशन प्रधान, तृतीय उपाध्यक्षमा नवराज प्रधान, सचिवमा सचित तामाङ र कोषाध्यक्षमा ज्याक पोखरेललाई सर्वसम्मत चयन गरेको नवनिर्वाचित सचिव तामाङले जानकारी दिनुभयो ।
क्लबका संस्थापक अध्यक्ष शंकर थापा, निवर्तमान अध्यक्ष सन्तोष आचार्य, अभिजित दवाडी लगायतले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाइ ज्ञापन गर्दै कार्यकालको शुभकामना दिनुभएको थियो ।
भेलामा क्लबले समाजमा गरेका हरेक सकरात्मक र रचनात्मक कामको मुल्यांकन गर्दै आगामी दिन समेत स्वास्थ्य , शिक्षा, वातावरणलगायतका क्षेत्रमा सक्रियपुर्वक लाग्न सहभागीहरूले सुझाव दिएका थिए ।

























