मेचीनगरमा विषयगत समितिहरु गठन

A notice in Nepali from Mechinagar Ward No. 10

३० जेठ, काँकरभिट्टा : मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो पूर्ण बैठकले विषयगत तथा अन्य समितिहरु गठन गरेको छ ।

सोमबार नगर कार्यपालिकाको कक्षमा नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न विषयगत र अन्य समितिहरु गठन गरेको हो ।

बैठकले सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजकमा माया प्याकुरेल, सामाजिक विकास समिति संयोजकमा ह्दय राजबंशी, पूर्वाधार विकास समिति संयोजकमा चित्र धिमाल, विधेयक समिति संयोजकमा अञ्जु थापा, आर्थिक विकास समिति संयोजकमा तीलजा देवान र वन, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजकमा गुणराज भट्टराई (राजन)लाई निर्णय गरेको छ ।

त्यस्तै वैठकले राजस्व परामर्श समिति संयोजक उपप्रमुख मीना पोखरेल उप्रेती, स्रोत अनुगमन तथा वजेट सीमा निर्धारण समिति संयोजक नगरप्रमुख बुढाथोकी, न्यायिक समिति संयोजक उपप्रमुख उप्रेती तथा सदस्यहरु कुन्दन निरौला र नरेन्द्र न्यौपाने तथा लेखा समिति संयोजकमा कविता खनाल सार्कीलाई निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले नगरभित्रका अन्य विभिन्न समस्याहरुका विषयमा पनि निर्णय गरेको छ । आ.व. २०७८/०७९ का लागि नवौँ नगर सभाले स्वीकृत गरेका अन्य थप योजना, हात्ती नियन्त्रणका लागि टर्च लाइट खरिद, योजना तथा कार्यक्रम सम्झौता, फुटबल प्रतियोगिता, अन्तराष्ट्रिय वातावरण दिवसको कार्यक्रम, नगर सरसफाइ व्यवस्थापन, आय ठेक्का, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतका २ र ४ कोठे भवनको ड्रईङ डिजाइन परिवर्तन, कृषि मण्डी निर्माण र आ.व. २०७९/०८० को वार्षिक नीति, वजेट तथा कार्यक्रम तर्जुमा लगायतका विषयमा छलफल गरेर निर्णय गरिएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।

यसअघि निर्वाचित हुनु भन्दा पहिला नगर कार्यपालिकाका ८ जना सदस्य बाहेक नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुको पहिलो वैठकले सन्थाल वस्तीका २५ परिवारलाई घर निर्माण लगायतका ९ बुँदे निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.