प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा पत्रकार भेटघाट

A notice in Nepali from Mechinagar Ward No. 10

५ असार, मेचीनगर : प्रेस क्लब मेचीनगरको आठौँ स्थापना दिवस आइतबार एक कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
धुलाबारी स्थित होटल रोयल निर्माणमा आयोजित प्रेस क्लबको स्थापना दिवस २०७१ असार ५ गतेदेखि हालसम्मका गतिविधि बारे समीक्षा गर्दै समापन भएको छ ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, निवर्तमान अध्यक्ष मुक्ति पौडेल, वर्तमान अध्यक्ष लक्ष्मी उप्रेती, उपाध्यक्ष शिशिर चौलागाई, कोषाध्यक्ष रीता दाहाल, सदस्यहरु अनिल ढुंगाना, विश्व थापा, अर्जुन कार्की, खगेन्द्र घिमिरे, युवराज आचार्य, देबु बानियाँ, दिलिप थापा, डम्बर बराल, टीका सुवेदी लगायतले मेचीनगरको पत्रकारिताको चुनौती र सम्भावना, आगामी कार्ययोजना लगायतका विषयमा समीक्षासहित सुझावहरु राखेका थिए ।

संस्थापक अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष निरौलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.