प्रेस क्लब मेचीनगरको अधिवेशन शनिबार

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा : प्रेस क्लब मेचीनगरको अधिवेशन तथा वार्षिक साधारण सभा शनिबार सम्पन्न हुने भएको छ ।

क्लब कार्यसमितिको बिहीबार बसेको बैठकले साउन २१ गते शनिबार वार्षिक साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशन काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सभाहलमा आयोजना गरिएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिए ।

अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि पाँचौं नयाँ कार्यसमिति चयन हुनेछ ।

मेचीनगरमा रहेका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको क्लब ८ बर्ष अघि २०७१ सालमा स्थापना भएको हो ।

साधारण सभा विहान ८ बजेबाट सुरु हुने क्लबका सचिव जीआर धितालले जानकारी दिए ।

बैठकले क्लबका सम्पूर्ण सदस्य तथा मेचीनगरमा क्रियाशील सञ्चारकर्मीहरुमा अधिवेशनमा सहभागिताका लागि अनुरोधसमेत गरेको उपाध्यक्ष शिशिर चम्लगाईंले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.