अन्ततः साढे तीन वर्ष पछि काँकरभिट्टा मा.वि.ले पायो व्यवस्थापन समिति

A notice in Nepali from Mechinagar Ward No. 10

२५ साउन, काँकरभिट्टा : सामाजिक सञ्जालमा चर्को आलोचना पछि बल्ल काँकरभिट्टा माध्यमिक विद्यालयको व्यवस्थापन समितिले पूर्णता पाएको छ । लामो समय देखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको काम कारबाही प्रभावित भएको भन्दै विद्यालय र स्थानीय राजनीतिक दलको चर्को आलोचना हुदै आएको थियो । करिब साढे तीन वर्षपछि काँकरभिट्टा माविमा व्यवस्थापन समिति गठन भएको छ ।
मेचीनगरका राजनीतिक दलहरुको सहमतिपछि बुधबार काँकरभिट्टा माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट भवानी केरुङ सर्वसम्मत चयन भएका छन् ।

९ जनाको समितिमा ४ जना सदस्य यसअघि अभिभावकबाट मनोनित भएका छन् । जस्मा अभिभावकबाट सदस्यहरुमा होमबहादुर विष्ट, मानबहादुर गिरी, रेणुका कोजु श्रेष्ठ र सुस्मिता भट्टराई खड्का मनोनित भएका हुन् । त्यस्तै बुधबार २ जना सदस्यलाई मनोनित गरिएको छ । जस्मा भवानी केरुङ र हेमा सिटौला छन् ।

यसैगरी सदस्यहरुमा शिक्षक प्रतिनिधि तिर्थ घिमिरे कोइराला, वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ र सदस्य सचिवमा प्रधानाध्यापक हरिप्रसाद न्यौपाने चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको आज बसेको बैठकले केरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको प्रधानाध्यापक न्यौपानेले बताए । समितिको कार्यकाल ३ वर्षको रहनेछ ।

२०७३ माघमा तमर राईको अध्यक्षतामा समिति गठन भएको थियो । उहाँको निधन भएपछि नयाँ समिति गठन हुन सकेको थिएन । उहाँको समितिको कार्यकाल २०७६ सालमा सकिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.