एकदिन अघि सर्‍यो कतार विश्वकप

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपको उद्घाटन खेल एकदिन अगाडि सारेको छ। फिफाले विश्वकपको मिति एकदिन अघि सार्दै भनेको  छ‚ ‘यो काउन्सिल ब्यूरोको सर्वसम्मत निर्णय हो।’

अब नयाँ मितिअनुसार आयोजक कतार र इक्वेडरबीच हुने उद्घाटन खेल २० नोभेम्बरमा हुनेछ। उक्त खेल अल-बायत स्टेडियममा हुनेछ। यसअघि कतार विश्वकपको उद्घाटन खेल नोभेम्बर २१ मा हुने तालिका थियो।

तर उद्घाटनअघि नै २ खेलको कार्यतालिका तय भएको थियो। जसका कारण फिफाको आलोचना भएको थियो।

विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ। इंग्ल्यान्ड र इरान, सेनेगल र नेदरल्यान्ड्स तथा अमेरिका र वेल्सबीचको खेल भने नोभेम्बर २१ मै हुनेछ। कतार विश्वकपमा ३२ राष्ट्रको सहभागिता रहेको छ। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरि प्रतियोगिताको आयोजना गरिँदै छ।

यस्तो छ समूह विभाजनः

समूह ए : कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स

समूह बी : इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स

समूह सी : अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड

समूह डी : फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया

समूह ई : स्पेन, कोस्टारिका, जर्मनी र जापान

समूह एफ : बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया

समूह जी : ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन

समूह एच : पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.