आजको राशिफल (मिति २०७९ साल भाद्र ३० गते बिहीबार)

A notice in Nepali from Mechinagar Ward No. 10

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ, रोगले पनि सताउन सक्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, अनावश्यक ठाउँमा पैसा खर्च हुदैछ । व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छ, रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ ।


वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् साथै अन्नको पनि लाभ हुने दिन छ । आज तपाईंको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, तर पढाइमा भने खासै मन नजाला । होसियार रहनु होला । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
धनमनग्य कमाउने अवसर मिलनेछ । सोचने शक्तिबढने छ । ब्यापारमा उन्नती पनि हुनेछ । अचानक उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, धनको पनि लाभ होला । आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाउबाट पैसा आउँने देखिन्छ ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
यात्रा रमाइलो हुनेछ यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्नेअवसर मिलने छ । कमाइ राम्रैसँग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, टाढाको यात्राको पनि योग छ । पढाइमा पाउने सफलता यथावत रहनेछ बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति बाट हुनेछन ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
खर्चबढने विबाद बढने काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, रुपैयापैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला होस पुर्याउनु होला । यात्राको अवसर पनि मिल्न सक्छ ।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नया काम पाउने योग छ । आमाको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ सावधान रहनु होला । आज टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला, तर सोचेको काम भने समयमा नै पुरा नहोला ।


तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रयत्नले धन कमाउनेअवसर मिलने छ । व्यापारमा गरेको लगानि सन्तोस प्रदरहनेछ । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । धन खर्च हुन सक्छ।


वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । आजको श्रमले पछि फल राम्रो मिल्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला साथै आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

वादविवाद, झै झगडामा पर्न सकिन्छ सावधान रहनु होला, नसोचेको ठाउमा धनको नाश हुने दिन छ । कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झैझगडा होला । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ, धनको पनि नाश होला ।


मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मानप्रतिष्ठा भिवृद्धि हुनेछ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ भने जागीरमा भने होसियार रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसँग सानो मनमुटाव हुन सक्छ ।


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइ बहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ, कृषिको कामबाट पनि फाइदै होला ।


मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन, जाँगर बढ्नेछ । यात्राको समय छ ।


तपाईंको दिन शुभ रहोस् ।


ज्योतिष प.तुलसी भारद्वाज निरौला
सम्पर्क : ९८४१४०५०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.