संविधान दिवसको अवसरमा सीताराम मा.वि.का विद्यार्थीहरुद्वारा दिपावली

A notice in Nepali from Mechinagar Ward No. 10

३ असोज, मेचीनगर : संविधान दिवसको अवसरमा श्री सीताराम सामुदायिक अङ्ग्रेजी माध्यमिक विद्यालय, मेचीनगर–१४ का कक्षा ९ र १० का विद्यार्थीहरूले दीपावली गरी संविधान दिवस मनाएका छन्।

संविधानको महत्व र आवश्यकता का बारेमा विद्यार्थीहरू जेनिसा दाहाल, सागरसिंह बस्नेत र निशान्त गिरीले बोलेका थिए।

संविधान को निर्माण प्रकृया र संवैधानिक विकासक्रमको बारेमा विद्यार्थीलाई जानकारी दिदै विद्यालयका प्रधानाध्यापक नविन गौतमले संविधान राष्ट्रको मूल कानुन भएकोले यसमा भएका संवैधानिक व्यवस्था र कानुनका बारेमा थाहा नभयको भन्ने छुट कसैलाई नभएकाले संविधान, अधिकार र कर्तव्यका बारेमा विद्यार्थीले अनिवार्य रूपमा जानकार हुनुपर्ने धारण राख्नुभयो।

संविधान र यसले नागरिकलाई प्रदान गर्ने हक अधिकारका बारेमा विद्यार्थीहरुले राखेका विभिन्न जिज्ञासाका बारेमा विद्यालयका सहप्रधानाध्यापक नवराज सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.