बिहारका पूर्वमन्त्री विनोद नारायण झालाई काँकरभिट्टामा स्वागत

A notice in Nepali from Mechinagar Ward No. 10

८ असोज, काँकरभिट्टा : भारतकाे बिहार राज्यको पूर्व खानेपानी तथा सरसफाइ मन्त्री एवम् हाल भारतीय जनता पार्टीको सांसद बिनाेद नारायण झा आज झापा आएका छन् ।
शनिबार काँकरभिट्टा स्थित मेची भन्सार कार्यालय परिसरमा आएका झाले यो दुईदिने भ्रमण विशुद्ध व्यक्तिगत भेटघाट मात्र भएको बताए ।

झापाको शनिश्चरेमा आफन्तसँग पारिवारिक भेटघाटका लागि नेपाल आएको उनको भनाई छ ।

उनका अनुसार यो नितान्त राजनीतिक भ्रमण नभई पारिवारिक मात्र हो । उनी भोलि विराटनगरको बाटो हुँदै विहार जानेछन् । फेरि एक महिनापछि कपिलवस्तुको भ्रमण गर्ने योजना रहेको झाले जानकारी गराएका थिए ।

भारतीय जनता पार्टी (विजेपी) का विहारका सांसद समेत रहेका झालाई मेचीनगरका तीन वटा संस्थाले काँकरभिट्टामा स्वागत गरेको छ ।

नाट्टाका प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका सदस्य दिपेन्द्रराज पाण्डे, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष सुजन प्रधान, सचिव भगिरथ राई, अरुणोदय माविका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल लगायतले पूर्वमन्त्री झालाई स्वागत गरेका थिए ।

उनको झापा भ्रमणले पनि जिल्लाका पर्यटकीय स्थलहरुको प्रत्यक्ष अवलोकनले पर्यटन प्रवद्र्धन टेवा पुग्ने आशा लिएको नाट्टाका अध्यक्ष श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.