११ बुँदे घोषणा पत्र जारी गदैं नगर स्तरीय समावेशी सरसफाइ योजनाको मार्गचित्र सम्बन्धि परामर्श बैठक सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

२७ असोज, धुलाबारी : ११ बुँदे घोषणा पत्र जारी गदैं नगर स्तरीय समावेशी सरसफाइ योजनाको मार्गचित्र सम्बन्धि मेचीनगर स्तरीय परामर्श बैठक बिहीबार सम्पन्न भएको छ ।

बुधबार झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा शुरु बैठक बिहीबार मेचीनगर —८ को होटल मेची क्राउनमा ११ बुँदे घोषणा पत्र जारी गदैं बैठक सम्पन्न भएको हो । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको उपस्थितिमा उपप्रमुख मीना पोखरेल उप्रेतीले घोषणा पत्र जारी गर्नुभएको हो ।

घर नक्शा पास गर्दा सेफ्टी ट्यांकीलाई चुहावटा मुक्त बनाउनुपर्ने नीति अनिवार्य अवलम्बन गर्ने, खुला दिशामुक्त नगरको अवधारणलाई सन् २०२३ सम्ममा पूर्णरुपमा कार्यान्वयन गर्ने, सन् २०३० सम्म प्रत्येक घरधुरीलाई स्वच्छ र सुरक्षित खानेपानीको प्रवन्ध गर्ने, साथै स्थानीय खानेपानी मुहानहरुको उचित हेरविचार अनिवार्य नीति कार्यान्वयन गर्ने, मानवजन्य लेदो फोहोरहरुलाई अनिवार्यरुपमा प्रशोधन प्लान्टमा विसर्जन गर्ने र सो वाट कृषि प्रणालीलाई वितरण गर्ने, घरबाट निस्केको ढल फोहोरहरुलाई अनिवार्यरुपमा सार्वजनिक ढलमा मिसाउनुपर्ने व्यवस्था गर्ने, मानव सिर्जित मलमुत्रलाई सार्वजनिक ढलमा सीधा मिसाउने कार्यलाई पूर्णरुपमा नियन्त्रण गर्ने जारी ११ बुँदे घोषणा पत्रमा उल्लेख छ ।

यसैगरी, परम्परागत व्यवसायिक पशुपालनबाट हुने वातावरण प्रदुषणलाई नियन्त्रण गरी कार्यान्वयन गर्ने, सन् २०२५ सम्ममा मेचीनगर नगरपालिकाक्षेत्रलाई प्लाष्टिक मुक्त नगर घोषणा गर्ने, प्रत्येक वस स्टेण्ड र हाटबजारमा व्यवस्थित र समावेशी सार्वजनिक शौचालयको प्रवन्ध गर्ने, वातावरणमैत्री नगरकारुपमा मेचीनगरलाई विकसित गर्ने, प्रत्येक टोल विकास संस्थाहरुलाई वातावरण तथा बृक्षरोपण योजना निर्माण गरी कार्यान्वयन गर्न आवश्यक नीति लागू गर्ने, साथै नगरपालिकामार्फत संघ र प्रदेश सरकारलाई समेत जिम्मेवारबनाउने गरीको अनुगमन नीति अवलम्बन गर्ने र आगामी तीनवर्षमा फोहोरमैला व्वस्थापन तथा सरसफाइ केन्द्रलाई उद्योगकारुपमा व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख छ ।

वैठकमा वानका वरिष्ठ सल्लाहकार गोविन्द श्रेष्ठ, परामर्श दाता कृष्ण यान्डियो, वाटरएडका महेश ढुङ्गाना, सीमा रजौरिया, मेचीनगर नगरपालिका नगर शिक्षा अधिकारी होमनाथ भण्डारी आर्थिक विकाश शाखा प्रमुख दीपेन्द्र कार्कीलगायतले विविध विषयमा प्रोजेक्टरको माध्यमबाट प्रस्तुतीकरण दिनुभएको थियो । बैठकमा मेचीनगरका १५ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी प्रधानध्यापक, काँकरभिट्टा तथा चारआली खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका पदाधिकारी, कर्मचारीसहित सरसफाइकाक्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख प्रतिनिधीहरु सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.