सुकुम्बासीले जग्गा धनीपुर्जा पाउँने कुरामा एमालेले आपत्ती जनायोः विश्वप्रकाश

A notice in Nepali from Mechinagar Ward No. 10

२९ कात्तिक, बाहुनडाँगी : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बर्षौंदेखि आफैले बसोबास गरेको जग्गाको धनीपुर्जा नभएर सुकुम्बासीको जीवन बिताइरहेकाहरुले धनीपुर्जा पाउने भए पछि एमालेले आपत्ती जनाएको बताउनु भयो ।

झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार समेत रहनु भएका शर्माले आज बाहुनडाँगीको बौद्धमोडमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै अब्यवस्थीत बसोबास गरिरहनु भएका सबैलाई जग्गाको धनीपुर्जा वितरण गर्ने कार्यमा आफुले पहल गरिरहेको र सबैले धनीपुर्जा पाउने अवस्था बनेको बेला नेकपा एमालेले बक्तव्य नै निकालेर त्यसको बिरोध गर्नु दुःखको कुरा भएको बताउनु भयो ।

‘सुकुम्बासीहरुलाई धनीपुर्जा वितरण गर्ने कुराको पहल मैले धेरै पहिलादेखी नै गर्दै आएको छु,’ शर्माले भन्नुभयो, ‘तर एमाले साथीहरुलाई त्यो कुरा मन परेनछ, वहाँहरुले बक्तब्य नै निकालेर धनीपुर्जा पाउने कुराको बिरोध गर्नु भएछ ।’ सुकुम्बासी समस्यालाई चुनावका बेला मात्रै नारा बनाउने चुनाव पछि भने संधै बिर्सिने गरेकाले नै समस्या समाधान नभएकाले आफुले चुनाव हारेका बेला पनि निरन्तर समस्या समाधान गर्ने काममा लागेको शर्माले बताउनु भयो ।

वहाँले भन्नुभयो, ‘अब सुकुम्बासी समस्या संधैका लागि समाधान गर्नका लागि जग्गा धनीपुर्जा वितरण कार्य शुरु भएको र त्यसमा मैले बिषेश पहल गरिरहेको छु ।’ आफ्नै पहलमा बुद्धशान्तिको वडा नं. ४ र अन्य वडाहरुको सुकुम्बासीहरुले धनीपुर्जा पाउने अवस्था बनेको शर्माले बताउनु भयो । झापा क्षेत्र नं १ को आर्शिवाद दियो भने आगामी दिनमा यही क्षेत्रले प्रधानमन्त्री पाउने उम्मेद्वार शर्माले बताउनु भयो ।

अरुले गाली गरेभन्दैमा आफुले अरुलाई गाली नगर्ने शर्माले बताउनु भयो । ‘मलाई विरोधीहरुले ढुंगा हान्नु भयो भयो म त्यो ढुंगा बटुलेर राख्छु र जनताको घर बनाउँछु,’ शर्माले भन्नुभयो, ‘विपक्षी दलहरुले टिप्पणी गरेकै कारण आफुले गरेको कामका बारेमा सबैलाई सुनाउन पाएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.