जबरजस्ती धर्म परिवर्तन गराउँन मिल्दैन : मन्त्री सरावगी

A notice in Nepali from Mechinagar Ward No. 10

 २ पुस,  मेचीनगर : प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओम सरावगीले कसैले कसैको जबरजस्ती धर्म परिवर्तन गर्न नपाउने बताएका छन् ।

शनिबार सताक्षीधाममा आयोजित जनकल्याण प्रतिष्ठानको एकल अभियान नेपाल अन्तरगतको दक्षता वर्गको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री सरावगीले यस्तो कुरा बताएका हुन् ।

सबैलाई आ–आफ्नो धर्म मान्न पाउने अधिकार दिएको बताउँदै मन्त्री सरावगीले कसैले कसैको जवरजस्ती धर्म परिवर्तन गर्न नपाउने जिकिर गरे ।

‘हिन्दुहरुलाई क्रिश्यन वा मुस्लमान बनाउन पाईदैन,’ मन्त्री सरावगीले भने–‘स्वइच्छा जुनसुकै धर्ममा आस्था राख्न पाइन्छ । तर कसैलाई पनि जवरजस्ती धर्म परिवर्तन गराउन मिल्दैन ।’

कार्यक्रममा प्रमुख अतिथि मन्त्री सरावगी, शिवसताक्षी धामका नन्दकिशोर भारध्वज महाराज, जनकल्याण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रीय सचिव प्रलाद रेग्मी, प्रतिष्ठानकी महिला विभाग प्रमुख विमला बगडीया, पण्डित सोमनाथ सुवेदी, शिवसताक्षी नगरपालिकाकी पूर्व उपमेयर भोजकुमारी नेपाल, बाहुनडाँगीका समाजसेवी रमेश दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आजदेखि सुरु भएको दक्षता वर्ग प्रशिक्षण कार्यक्रम ७ गतेसम्म सञ्चालन हुनेछ । दक्षता वर्ग प्रशिक्षणको उद्घाटन प्रमुख अतिथि सरावगीले गरेका थिए ।

५४ जिल्लाका ८० जना एकल विद्यालयका भक्तहरु प्रशिक्षणमा सहभागी भएका छन् । सहभागीलाई केन्द्रीय सचिव रेग्मी, ऋतु लामा, छविलाल पासी (पासवान), अरविन्द साह, महाविर महतो, अरमेन्द्र ठाकुरले प्रशिक्षण दिनेछन् ।

२०५३ सालमा स्थापना भएको एकल विद्यालय अभियान नेपालका २२ सय वटा गाँउमा सञ्चालन गरिएको सचिव रेग्मीले जानकारी दिए । एकल विद्यालय अभियानलाई ५ हजार गाँउमा पुर्याउने लक्ष्य रहेको प्रतिष्ठानले जनाएको छ । नैतिक शिक्षा, छुवाछुत मुक्त समाज लगायतका विषयमा प्रशिक्षण दिइने बताइएको छ ।

कार्यक्रमको संयोजन प्रतिष्ठानका जिल्ला सदस्य होमनाथ ढुंगेलले गरेका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका मेयर मेगाहाङ थोप्रा (रोशन) लगायतका समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

जनकल्याण प्रतिष्ठानका झापा अध्यक्ष शंकर भट्टराईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वगत सचिव देवेन्द्र ढुंगाना र सञ्चालन प्रतिष्ठान अन्तरगतको विराटनगर भागकी प्रमुख योगमाया न्यौपाने वस्नेतले गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.