एघार महिनापछि पुरानै लयमा फर्किदै मेचीनगरका धार्मिक एवम् पर्यटकीयक्षेत्रहरु

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, २२ पुस | नोवल कोरोना भाइरस कोभिड १९ का कारण एघारमहिनासम्म सुनसान रहेको झापाको मेचीनगरका पर्यटकीय स्थलहरु विस्तारै पुरानै लयमा फर्किन थालेका छन् । बनभोजको ‘सिजन’ बाहेक अन्य समयमा समेत मानिसको निक्कै जमघट हुने मेचीनगर–११ र १२ मा रहेको कालिका सामुदायिक वन भित्ररहेको कालिका सिमसार पर्या—पर्यटन क्षेत्र नोवल कोरोना भाइरस कोभिड १८ का कारण एघारमहिनासम्म सुनसान झै बन्यो अहिले बल्ल यो क्षेत्र पुरानै अवस्थामा फर्किन थालेको छ ।

पछिल्लो समयमा कालिका सिमसार पर्या—पर्यटन क्षेत्रले पर्यटकीय गन्तव्यको रुपमा निक्कै फड्को मारेको छ । यो पर्यटकीय क्षेत्र पूर्व पश्चिम राजमार्ग अन्तरगत धाइजन ढाटबाट उत्तर ४ सय मिटरको दूरीमा रहेको छ । पर्यटकका लागि विभिन्न पूर्वाधार निर्माणले सो सामुदायिक वन भित्र रहेको कालिका सिमसार पर्या पर्यटन क्षेत्र विकासमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गर्दछन् ।

कालिका सिमसार पर्या—पर्यटन क्षेत्र विकासका सहसचिव गोपाल तिम्सिनाका अनुसार यस ठाउँमा स्वदेशबाट मात्र होइन विदेशबा विभिन्न ठाउँबाट पिकनिक खान धेरै मानिसहरु समुह बनाएर आउँने गर्दछन् । तर, नोवल कोराना भाइरस कोभिड १९ को सक्रमण देखिए लगत्तै आन्तरिक एवम् वाह्य पर्यटकको चहलपहल नहुदाँ यो स्थान सुनसान भएको थियो । अहिले बाह्य पर्यटक नआए पनि आन्तरिक पर्यटकहरु अहिले घुम्न आउन थालेका छन् । ‘ शुरुमा कोभिड १९ को महामारी नहुदाँसम्म यसक्षेत्रमा भारतको सिक्किम,दार्जिलिङ, खर्साङ, कालेम्पोङ, मिरिक, शिलीगुडीसम्मबाट पिकनिक खान आउथे ’ तिम्सिनाले भन्नुभयो — ‘अहिले विस्तारै विदेशीहरु नआए पनि स्वदेशीहरुको जमघट हुदैछ । विस्तारै एघारमहिनाअघिको लयमा फर्किदै छ । ’

कालिका सामुदायिक बन २ सय १२ हेक्टरमा फैलिएको छ । जस अन्तरगत १३ हेक्टर भू–भाग पर्यटकीय क्षेत्रका लागि छुट््याइको छ । कालिका सिमसारको पोखरी ४ सय मिटर लामो छ । यू आकारको ८ मिटर गहिराइको पोखरी छ । जहाँ पिकनिक खान आउनेहरु डुंङ्गामा रमाउने गर्दछन् । यहाँ अवस्थित बाँसबारी सिमसार तथा पर्यटकीय क्षेत्रले अन्य मौसम भ्रमण र जाडोको मौसममा वनभोजका लागि आफ्नो पहिचान बनाएको छ । यसैका कारण अहिले बनभोजको मौसम भएकाले यसक्षेत्रमा दैनिक बनभोजमा रमाउनेहरुको भीड निक्कै ठूलै छ ।

कालिका सिमसार भित्र प्रदेश सरकारको सहयोगमा ‘कालिका स्तम्भ’ निर्माण गरिएको छ । जहाँ फोटो खिच्न आउनेहरुको संख्या पनि कम छैन् । स —साना बालबालिकाहरुका लागि खेल्न पीङलगायत अन्य खेल सामाग्री रहेकाले केटाकेटीहरु समेत त्यहा रमाइरहेको दृश्यले सवैको आँखा लोभ्याउने गर्दछ । यसैगरी, पर्यटकलाई लोभ्याउने अर्काे हो कालिका सिमसारमा चिडियाखाना । जस्लाई ‘मिनी चिडियाखान’ को नाम दिईएको छ । यसमा हरिण, बँदेल चरिबाघ, गिद्ध, हाडखोर, मुसा, खरायो, ढँेडु, हुचिल लगायतका वन्यजन्तु छन् । २२ फिट अग्लो ‘मेचीनगर झरना’ कालिकामा बनिसकेको छ ।

यसैगरी, पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर–१०, धुलाबारी ढाटदेखि उत्तर करिब दुई किलोमिटर भित्र रहेको ‘पिकनिक स्पट’ बाँसबारी सिमसार पर्यटकीय क्षेत्रमा जाडो मौसम लागेसँगै पिकनिक र अन्य मौसममा फुर्सदको समय व्यतित गर्न पर्यटकहरु आउने गरेका छन् ।

मेचीनगर— ११ मा रहेको बाँसबारी सिमसार तथा पर्यटकीय क्षेत्रले अन्य मौसम भ्रमण र जाडोको समयमा बनभोजका लागि छुट्टै पहिचान बनाउन सफल भएको छ । यी सँगै मेचीनगर नगरक्षेत्रभित्र विभिन्न वडामा रहेका धार्मिक तथा पर्यटकीयस्थलहरु कृष्णथुम्की, खुट्टीडाँगी सिमसार पर्यटकीय क्षेत्र, थोप्लेविराम सामुदायिक वन, पातालगंगा, मिनि माउण्टेन, पाउ पाथीभरा मन्दिर, देवकोटा पाकृ, विपि पुष्पलाल बाटिकाकालगायत अन्य स्थानहरु समेत यति पुरानै लयमा फर्किदै छन् । यस नगरपालिकाभित्र रहेका धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुले जनप्रतिनिधि आएपछि आफ्नो मुहार समेत फेरेका छन् ।

साविकको धाइजन गाविसको वडानम्बर १,२,७,८ र ९ पाँचवटा वडालाई मिलाएर मेचीनगर ११ नम्बर वडा बनाइएको हो । साविक धाइजन गाविसको ३,४,५ र ६ मेचीनगरको १२ नम्बर वडामा समाहित भएका छन् । खासगरी मेचे, किसान, राजवंशी समुदायको बाक्लो बसोबास रहेको वडानम्बर ११ मा बलभद्र मावि र भानु आधारभुत गरी दुईवटा सामुदायिक विद्यालय छन् । वडाको वार्षिक १ करोड र कार्यालय व्यवस्थापनका लागि ५ लाख गरी १ करोड ५ लाख रुपैयाँको बजेटले वडाले विभिन्न विकास निर्माणका काम गरिरहेको वडानम्बर ११ का वडाध्यक्ष सन्तोषकुमार मेचे बताउनुहुन्छ । ११ नम्बर जनसंख्या २०६८ सालको जनगणना अनुसार २ हजार २ सय ५० जना रहेको अहिले १३ हजार बढी रहेको छ ।

जंगल र खोलाले वरिपरि घेरेको वडा नं. ११ को आयस्रोत सीमित छ । उक्त वडामा हाट बजार समेत छैन । तीन वर्षको अवधिमा वडा सरकारले १२ वटा साना पुल र १६ वटा कल्र्भट निर्माण सम्पन्न गरेको वडाध्यक्ष मेचे बताउनुहुन्छ ।

गत आर्थिक वर्ष पुल निर्माणमा समय खर्चिएको वडाले जनतासँग प्रत्यक्ष जोडिएको विद्युत सेवा विस्तार योजनालाई पनि सँगसँगै अगाडि बढाएको छ । सबैतिर विद्युत सेवा विस्तार भएको र ७५ प्रतिशत सडक बत्ती पुगेकाले अब केही समयपछि वडालाई टुकीमुक्त बनाउने लक्ष्य लिइएको वडाध्यक्ष मेचेले बताउनुहुन्छ । अबका दिनमा ड्रेन निर्माणलाई तीब्रता दिने योजना अघि सारेको यो वडाको बहुप्रतिक्षित बहुजातीय संग्राहालय निर्माणको काम धमाधम भइरहेको छ । कालिका सिमसार दक्षिणमा बन्ने संग्राहालयका लागि संघीय सरकारको ६५ लाख रुपैयाँ लागतमा वाल निर्माण सम्पन्न भइसकेको छ भने संघीय सरकारकै ५० लाख रुपैयाँ बजेटमा गेट, पालेघर, तथा शौचालय बनाउने ठेक्का लागिसकेको छ ।

वडामा तीन वर्षको अवधिमा वडा सरकारले १२ वटा साना पुल र १६ वटा कल्र्भट निर्माण सम्पन्न गरेपछि स्थानीयलाई आवतजावत गर्न समेत सहज भएको स्थानीयवासी विकास पाठक बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.