पोखराबाट क्षेत्रीय उडान : तामझामका साथ उद्‍घाटन, दुई दिनमै बन्द

A notice in Nepali from Mechinagar Ward No. 10

३ चैत, पोखरा: पोखराले लामो समयदेखि देखेको सपना हो, पोखरा–भद्रपुर उडान थाल्ने र दार्जिलिङ, सिक्किमका साथै भुटान र बंगलादेशका पर्यटनकलाई त्यही बाटो भएर पोखरा ल्याउने । पोखरा–भद्रपुर उडानले २५ फागुनमा सार्थकता पायो । त्यसको भोलिपल्ट पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा पोखराका व्यवसायीहरुको टोली भद्रपुर घुमेर फर्कियो ।

तर उडान सुरु भएको सुखी मनाइसक्दा नसक्दै बन्द भएको छ । सडक यात्रामा करिब २० घन्टा लाग्ने भद्रपुरमा ७० मिनेटमै पुग्ने गरी रात्रिकालीन उडान समेत गर्ने बुद्ध एयरको घोषणा ४ दिन पनि टिकेन । ९ हजार ६८५ भाडादर तोकेको बुद्धले यात्रु नै नपाएको भन्दै उडान बन्द गरेको हो ।

देशका प्रमुख सहरलाई हवाइ सञ्जालमार्फत पोखरासँग जोड्ने र पर्यटकीय तथा आर्थिक विकासमा ठूलो उपलब्धि हात पार्ने भन्दै थालिएका धेरैजसो उडान यसरी नै असफल भएका छन् । मुख्यमन्त्रीदेखि मेयरसम्मले जहाज चढेर तामझामले थालिएका अधिकांश उडान केही समयमै बन्द भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.