१० वैशाख, मेचीनगर : नेकपा एमाले पथरीशनिश्चरे नगर -७ नम्वर वडा कमिटीकाे अधिवेशन शनिबार सम्पन्न भएकाे छ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) एमालेकाे मिसन ग्रासरूट, पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९ अन्तर्गत माेरङ जिल्लाकाे पथरीशनिश्चरे -७ लामाटाेल स्थित देन्सि नाङसाल गुम्बा परिसरमा सम्पन्न भएकाे हाे ।
अधिवेशन उद्घाटन सत्रका प्रमुखअतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवम् पथरीशनिश्चरे नगरपालिका प्रमुख केन्द्रीय अभियन्ता नेकपा एमाले केन्द्रीय सदस्य मीना पाेखरेल उप्रेतीले व्यानर वाचन गरेर गर्नुभएकाे थियाे । वडा कमिटी अध्यक्ष दुर्गाप्रसाद तामाङले अध्यक्षता गर्दै साँगठानिक र काेषाध्यक्षकाे आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयाे । कार्यक्रममा प्रमुख अतिथि उप्रेती,नेकपा एमाले काेशी प्रदेश कमिटि सदस्य एवम् पथरीशनिश्चरे नगरपालिका नगरप्रमुख माेहनप्रसाद तुम्वापाे, काेशी प्रदेश कमिटी सचिवालय सदस्य खेम नेपाली, नेकपा एमाले पथरी शनिश्चरे नगर कमिटी अध्यक्ष रमेश दाहाल, नेकपा एमाले माेरङ जिल्ला कमिटी सदस्य बीरध्वज सिवा,वडाध्यक्ष उद्धवराज बस्नेत, पुर्व जनप्रतिनिधि कपिलमणि ढकाललगायतले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन पार्टीको वडा सचिव सपना राई र स्वागत नगर कमिटी सदस्य सुवास लिम्बुले गर्नुभएकाे थियाे ।
अधिबेशनले अध्यक्ष देउकुमार मुखियाँ, उपाध्यक्षमा जमानसिहं कार्की, सचिवमा सपना राई , उपसचिवमा डाकबहादुर राईलाई सर्वसम्मत चयन गरेकाे छ । वडा कमिटीको सदस्यहरूमा गाेविन्दबहादुर तामाङ , छत्र लिम्बु, सन्त लिम्बु, बलबहादुर नेम्वाङ , भक्तबहादुर दर्जी, सुरज कार्की, विष्णु रम्तेल, यशाेदा खतिवडा, गाेमा धिमाललगायत रहेका छन । सवैलाई प्रमुख अतिथि केन्द्रीय सदस्य उप्रेतीले पद तथा गाेपनियताकाे सपथ गराउनुभयाे ।
नवनिर्वाचित अध्यक्ष मुखियाँले प्रतिवद्धता मन्तव्य राख्नुभयाे । विराटनगरबाट “दक्षिणपन्थी अवसरवाद र संङ्गठनात्मक अराजकतालाई पराजित गराै, जबजकाे मार्गदर्शनमा समाजवादकाे आधार निर्माण गराै” भन्ने मुख्य नारासहित पार्टीले देशका सातवटै प्रदेशबाट एक साथ शुरू गरेकाे अभियानकाे पार्टी अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ५ फागुनमा भर्चुअल माध्यमबाट सम्बाेधन गर्दैँ उद्घाटन गर्नुभएकाे थियाे ।
माेरङकाे पथ्री शनिश्चरे नगरपालिका र कानेपाेखरी गाउँपालिकामा नेकपा एमाले केन्द्रीय कमिटीले पार्टीको केन्द्रीय सदस्य मीना पाेखरेल उप्रेतीलाई जिम्मेवारी ताेकेकाे छ । केन्द्रीय सदस्य पाेखरेल तथा प्रदेश कमिटीले अभियन्ताका रूपमा जिम्मेवारी प्रदान गरेका प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीको सदस्यहरू समेत अभियान लिएर यी दुईपालिकाका वडादेखि टाेल टाेलमा पुग्ने गरेका छन् ।


























