मेची रंगशालामा खेलाडी छनोटको खेल हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

१६ वैशाख, भद्रपुर : भद्रपुर झापा गोल्डकपको आयोजनामा आज मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १४ देखि १६ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू भएको छ ।
फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको अपार सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएका हुन् ।
खेलमा भद्रपुरका सबै वडाबाट आएका करिब २५० खेलाडीको सहभागितामा प्रतिस्पर्धा गराइएको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । उनका अनुसार १४–१६ उमेर समूहबाट चरणमा ५० देखि ५५ जना खेलाडी छनोट हुने र ती खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई तीमध्ये अब्बल २५ जना खेलाडी छनोट गरी उनीहरूलाई नियमित प्रशिक्षण दिइनेछ ।
यस्तै छनोट खेल आगामी शनिवार १७–१९ उमेर समूहबीच पनि गराइनेछ भने त्यसबाट पनि पहिलो चरणमा ५० देखि ५५ जना र दोस्रो चरणमा २५ खेलाडी छनोट गरी नियमित प्रशिक्षण गराइने बताइएको छ ।
नगरभित्र कुना–कुनामा रहेका तर अवसर नपाइरहेका युवालाई अवसर प्रदान गर्ने र भद्रूपुर झापा गोल्डकपको सशक्त आयोजक टिम तयार गर्ने उद्देश्यले कार्यसमितिको बैठकले नै भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
झापा जिल्ला फुटबल संघका अध्यक्ष एवम् वष्ठि फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’को नेतृत्वमा गम्भीर राई, कर्ण लिम्बू, पूर्णमाया सुब्बा (पूनम), टेकबहादुर गुरुङ, मदन सुब्बा, भरत गुरुङलगायतको प्राविधिक टोलीले छनोट खेलहरुको सहजस्करण गरिरहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, भद्रपुर झापा गोल्डकपले आगामी मंसिर–पुसतिर झापा जिल्लास्तरीय अन्तर पालिका लिग कम नकआउट प्रतियोगिताको तयारी पनि गरिरहेको महासचिव श्रेष्ठले बताए कार्यसमितिको बैठकले निर्णय गरेको लिग कम नकआउट फुटबल प्रतियोगिता बारे जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरी टिम तयार गर्न आग्रह गरिएको पनि उनले बताए ।
झापालाई हरेक समय फुटबलमय बनाउने गरी भद्रपुर झापा गोल्डकपले आफ्ना गतिविधि अघि बढाइरहेको वष्ठि उपाध्यक्ष आदित्य पराजुलीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.