३२ जेठ, मेचीनगर : विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसकाे अवसरमा बिहीबार विविध कार्यक्रम सम्पन्न भएकाे छ । “हामी सबै बनाै जिम्मेवार, नगराैँ ज्येष्ठ नागरिकलाई दुर्व्यवहार” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएकाे हाे । ज्येष्ठ नागरिकमाथि हुने श्रृङखलाबद्ध लैङ्गिक हिंसा सम्बाेधनका लागि नीति नियम र प्रमाणमा आधारित प्रतिक्रियासहित ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले कार्यक्रम आयाेजना गरेकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर उपप्रमुख मीना पाेखरेल उप्रेतीले “ज्येष्ठ नागरिक मैत्री समाज” नगरका रूपमा मेचीनगर नगरपालिकालाई घाेषणा गर्ने गृहकार्य शुरू गर्न ज्येष्ठ नागरिक समाजलगायत सबै लाग्न आग्रह गर्नुभयाे । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक हाेम अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा माेहनसिंह तामाङ वर्ष ८५, रामकुमार कट्टेल वर्ष ९३, दिलबहादुर थापा वर्ष ८१, जगतलाल गुभाजु वर्ष ८३, सीता राई वर्ष ८६ र गाैमाया श्रेष्ठ वर्ष ८३ लाई सम्मान गरिएकाे थियाे । प्रमुख अतिथि नगर उपप्रमुख उप्रेती, ज्येष्ठ नागरिक समितिका वरिष्ठ उपाध्यक्ष हिम्मत क्षेत्रीलगायतले उहाँहरूलाई दाेसल्ला पहिर्याउनु भएकाे थियाे ।


























