प्राचार्य सरोजको कार्तिक उराऊलाई दश हजार सहयोग

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर : आफ्नो जन्मदिन , वार्षिकोत्सवजस्ता अवसरमा मानिसहरुले विभिन्न असाहयलाई सहयोग गर्ने क्रियाकलाप परम्पराको रुपमा विकास हुँदै जानु सकारात्मक हो। कतिपय अवस्थामा भने सहयोगको हात फैल्याउन न कुनै जन्मदिन चाहिन्छ न त कुनै वार्षिकोत्सव। व्यथा आँखाले देख्छ , मनले अनुभव गर्छ र सहयोगको हात फैलिन्छ।

विराटनगरमा लामो समयदेखि होटल व्यवस्थापन क्षेत्रमा आवद्ध रहेका हाल हिमालय दर्शन कलेज विराटनगरका होटल व्यवस्थापन संकायका प्रमुख सरोज पौडेलले शिक्षादीप स्कूलका कक्षा १ का छात्र कार्तिक उराऊलाई आर्थिक सहयोग गरेका छन् । प्राचार्य पौडेलले बुधबार शिक्षादीप विद्यालयमा पुगी सोहि विद्यालयमा अध्ययनरत आफ्नी छोरीको हातबाट उराऊलाई नगद दश हजार रुपैया हस्तान्तरण गरेका हुन्।

आफ्नी आमाको असमायिक मृत्यु भएपछि बुबाको लालनपालनमा अध्ययन गरिरहेका कार्तिकका बुबा साधारण ज्याला मजदुरी गरेर जीवनयापन गर्छन । विहानबेलुकाको छाक टार्न समेत मुस्किल पर्ने कार्तिकका बुबालाई आफ्नो छोराछोरीको पढाइको विद्यालय फी तिर्न मुस्किल परेको अवस्थामा प्राचार्य पौडेलले सहयोग गरेका हुन् । एक आपसमा सहयोग गर्दै अगाडि बढ्ने हामी सामाजिक प्राणि भएको कारण एउटा सामाजिक कर्तव्य मात्र निर्वाह गरेको बताएका पौडेलले आफुसंग प्रशस्त धन भएर भन्दापनि प्रशस्त मन भएको कारण यो सानो सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि अत्याधिक मिलेको बताएका छन् । आफ्नै छोरीसंग पढ्दै गरेका उराऊको अवस्थालाई देखेर पहिला देखि सहयोग गर्न इच्छा भएको कारण आफ्नो दैनिकी खर्चको सदुपयोग गरेर आर्थिक सहयोग गरेको पौडेलले जानकारी दिए ।

एकले अर्कालाई उचाल्दै अगाडि बढ्ने हो भने समाज समृद्ध हुन समय नलाग्ने बताउंदै पौडेलले आउँदो दिनमा पनि यसरी सहयोग गर्न सक्षम हुन सकु भनेर कामना गरेका छन् । कार्तिक उराऊको उज्ज्वल भविष्यको कामना पनि पौडेलले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.