मेचीनगरद्वारा बजार अनुगमनलाई तीव्रता, सामान्यदेखि व्यवसायीका नेताकोमा समेत अखाद्य वस्तु फेला

A notice in Nepali from Mechinagar Ward No. 10

१५ साउन, मेचीनगर : झापाको मेचीनगर नगरपालिकाले गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केहि व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् ।

बजारमा छ्याप छ्याप्ती गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार अनुगमनमा कडाई गरिएको नगरपालिकाले जनाएको छ । खाद्यान्न मानिसको स्वास्थ्य संग प्रत्यक्ष जोडिने भएको हुँदा त्यस्ता सामाग्री बिक्रि वितरण गर्दा उपभोग गर्न योग्य हुनु अनिवार्य रहेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनु भयो ।।

नगर प्रमुख बुढाथोकीको नेतृत्वमा आइतबारबाट सुरू भएको अनुगमन कार्यमा हिजो र आज अनुगमन गरिएका अधिकांश पसलमा गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू फेला परेको पाइएको छ ।

नगरपालिकाले पहिलो पटक अनुगमनमा व्यवसायीहरुलाई सम्झाई बुझाई गरेको र पुनः यस्तै घटना दोहोरिए कानुनी कारबाही गरिने मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनु भयो । ।

अनुगमनका क्रममा टोलीले धुलाबारीको पौडेल किराना पसल, मास भेराइटिज स्टोर, दास किराना पसल त्यस्तै काँकरभिट्टाको भट्टराई भेराइटिज, के.के.एस स्टोर, घिमिरे किराना पसल, एनएमसी पसल काँकरभिट्टा, प्रसाईं पसल, देव खुश्बु किराना पसल, लक्ष्मी किराना र इटाभट्टाको देवी पाथिभरा किराना पसल, कामख्य स्टोर, सरस्वती स्टोर्स, उत्तम सुपर मार्केटलगायतका खाद्यन्न पसरहरुमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सामान्य व्यवसायीदेखि व्यवसायीका नेता मेची उद्योगा वाणिज्य संघ मेचीनगरका उद्योग उपाध्यक्ष भुमि पौडेलसमेतको पसल र गोदामबाट लाखौँ रुपैयाँको अखाद्य बस्तु जफत गरिएको मेचीनगरका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले जानकारी दिनुभयो । ।

यसरी व्यवसायीका नेताकै पसल र गोदामबाट समेत लाखौँ रुपैयाँको अखाद्य बस्तु जफत हुनु दुखदः घटना भएको अनुगमनमा सरिक मेची उद्योगा वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई बताउनु भयो  । साथै उनले अनुगमनका क्रममा जफत गरिएका सबै सामान मेचीनगर परिसरमा भित्र खाली जमिनमा खाल्डो खनेर नष्ट गरिएको छ ।

अनुगमनमा मेचीनगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रती, मेचीनगर खाद्य विश्लेषक दिपेन्द्र कार्की, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडासदस्य रश्मी रसाइली, मेची उद्योगा वाणिज्य संघका अध्यक्ष प्रसाई, उद्योग उपाध्यक्ष भुमि पौडेल, महासचिव दिनेश शाक्य, आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग र गुणस्तर नाप तौल कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु प्रहरी, नगरप्रहरी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.