बेलायतकाे केन्ट काउन्टि प्रदेशकाे प्रदेशसभालाई मेचीनगर प्रमुखकाे सम्बाेधन

मेचीनगर नगरपालिका र फाेस्सटन टाउन काउन्सिल (नगरपालिका) बीच भगिनी सम्बन्ध कायम

A notice in Nepali from Mechinagar Ward No. 10

१६, असाेज, मेचीनगर : बेलायत भ्रमणमा रहनु भएका मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले साेमबार बेलायतकाे केन्ट काउन्टि प्रदेशकाे प्रदेशसभालाई सम्बाेधन गर्नुभएकाे छ ।

सम्भवतः केन्ट काउन्टिकाे प्रदेशसभालाई सम्बाेधन गर्ने उहाँ पहिलाे नेपाली नगरप्रमुख हुनुभएकाे प्रदेशसभा अधिकारीहरूले जनाएका छन् ।

नगरप्रमुख बुढाथोकी , उपप्रमुख मीना पाेखरेल उप्रेतीसहितकाे नेपाली प्रतिनिधि मण्डललाई सम्बाेधन अघि केन्ट काउन्टि प्रदेश प्रमुखले स्वागतसहित सम्मान गर्नुभएकाे थियाे ।

सम्बाेधका क्रममा नगरप्रमुख बुढाथोकीले याे अवसरकालागि प्रदेश प्रमुख, प्रदेशसभा सदस्यसहित सिङ्गो फाेक्सटन टाउन काउन्सिल तथा मेचीनगर नगरपालिका र फाेस्सटन टाउन काउन्सिल (नगरपालिका) बीच भगिनी सम्बन्ध कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संयाेजक धनकिरण गुरूङलगायत बेेलायत देश बेलायतका नागरिकप्रति धन्यवाद ज्ञापन गर्नुभयाे ।

उहाँले याे भगिनी सम्बन्ध यी दुई पालिकाबीच मात्र नभएर नेपाल र बेलायत तथा दुई देशका नागरिकबीच भएकाे स्पष्ट पार्दै याे सम्बधले दुई देश र यी देशका नागरिकबीच परस्पर एकताकाे सुत्रमा बाध्ने विश्वास व्यक्त गर्नुभयाे । अब याे भगिनी सम्बन्धलाई अझ प्रगाढ र उच्च शिखरमा पुर्याउन सवैकाे साथ सहयाेग र समन्वयकाे खाचाे नगर प्रमुख बुढाथोकीले ओैल्याउनुभयाे । नेपालसहित मेचीनगर नगरपालिका बेलायत र बेलायतका नागरिककाे उन्नति प्रगति चाहाने प्रदेशसभामा सम्बाेधनका क्रममा उहाँले स्पष्ट पार्नुभयाे । सम्बाेधनका क्रममा नगरप्रमुख बुढाथोकीलाई केन्ट काउन्टि प्रदेशकाे प्रदेश प्रमुख बस्ने कुर्सी आसनकालागि प्रदान गरिएकाे द गाेर्खा मेमोरियल फाउन्डेसन युकेका संस्थापक अध्यक्ष समेत रहनुभएका संयाेजक धनकिरण गुरूङले जानकारी दिनुभयाे । यसरी आफ्नै गृहनगरका नगरप्रमुखले याे अवसर प्राप्त गर्नुभएकाेमा उहाँले आफु अत्यन्तै खुशी र गाैरावन्तित भएकाे बताउँनुभयाे ।

नगर प्रमुख , उपप्रमुखसहित ७ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बेलायतकाे फाेक्सटन टाउन काउन्सिल र द गाेर्खा मेमोरियल फाउण्डेशन बेलायतकाे ओैपचारिक निमन्त्रणामा बेलायत पुगेकाे छ । यसअघि प्रतिनिधि मण्डललाई
बेलायतकाे अन्तर्राष्ट्रिय विमानस्थल हिथ्राे टर्मिनल फाेरमा स्वागत गरिएकाे थियाे ।

फाेक्सटन टाउन काउन्सिल , डिष्ट्रिक काउन्सिल र केन्ट काउन्टि काउन्सिल ( तीनवटा स्थानीय सरकारकाे ) प्रतिनिधित्व गर्दैँ बेलायत केन्ट काउन्टि काउन्सिलर प्रमुख (मेयर) जेकी मिड , फाेक्सन टाउनका उपप्रमुख, पुर्व काउन्सिलर धनकिरण गुरूङ, फाेक्सटन नेप्लिज कम्यूनिटीका अध्यक्ष झपिन्द्र थापा, झापा समाज युकेका प्रतिनिधिहरू विवेक मेचे, सुरज मेचे,रेशु फि्याक, सूर्य गुरूङ, भक्तिकुमार आङ्गदम्वेलगायत स्वागत गर्दैँ विभिन्न कार्यक्रममा सहभागी गराउनु भएकाे हाे।

नाेभेम्वर ८ तारीख नेपाल फर्किने याेजना रहेकाे र यस अबधिमा उहाँहरू विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुनुहुने छ । उहाँहरूकाे सम्मानमा द गाेर्खा मेमाेरियल फाउन्डेसन यूके, फाेक्सटन नेप्लिज कम्यूनिटी, झापा समाज युकेले स्वागत सम्मानसहित रात्रीभाेजकाे कार्यक्रम तय गरेकाे कम्यूनिटीका अध्यक्ष झपिन्द्र थापाले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.