१८, असोज, मेचीनगर: बेलायत भ्रमणमा रहनु भएका मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको नेपाली प्रतिनिधि मण्डललाई बुधबार फोक्सटन एण्ड हाईट डिष्ट्रिकका चियरमेन९ जिल्ला सभापति ० ले स्वागत तथा सम्मान गर्नुभएको छ ।
नगरप्रमुख तथा उपप्रमुखसहित नगरप्रमुख बुढाथोकी की जीवनसंगिनी भिसोदा कट्वाल, द गोर्खा मेमोरियल फाउन्डेसन नेपालका अध्यक्ष गंगालाल गुरूङ,महासचिव जगत गुरूङ, कार्यक्रम संयोजक कुमारी गुरूङ तथा कल्चर एक्सचेञ्ज प्रेसिडेन्ट मेनुका मैनालीलाई डिष्ट्रिक चियरमेन ९ जिल्ला सभापति० ले उहाँकै कार्यकक्षमा स्वागत तथा सम्मान गर्नुभएको द गोर्खा मेमोरियल फाउन्डेसन युकेका अध्यक्ष तथा फोक्सटन टाउनका पूर्व काउन्सिलर धनकिरण गुरूङले जानकारी दिनुभयो ।

मेचीनगरको सुख दुखमा सधै बेलायतको साथ सहयोग रहने भन्दैँ उहाँले बेलायत र नेपाल धार्मिक, साँस्कृतिक , पर्यटकीय अनि थुप्रै कला रितीरिवाज, चाडपर्वले पनि नजीक रहेको स्पष्ट पार्नुभयो ।
बेलायतको फोक्सटन टाउन काउन्सिल र द गोर्खा मेमोरियल फाउण्डेशन बेलायतको ओैपचारिक निमन्त्रणामा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेती सहितको टोली त्यहाँ पुगेको हो ।
कार्यक्रममा नगरप्रमुख बुढाथोकी र उपप्रमुख मीना पोखरेलले फोक्सटन टाउन काउन्सिल , डिष्ट्रिक काउन्सिल र केन्ट काउन्टि काउन्सिल ९ स्थानीय सरकार० फोक्सटन नेप्लिज कम्यूनिटी, झापा समाज युकेले देखाएको सदभाव, स्वागत तथा सम्मानप्रति हार्दिक आभार प्रकट गर्नुभयो

सम्बोधका क्रममा नगरप्रमुख बुढाथोकीले यो अवसरकालागि प्रदेश प्रमुख, प्रदेशसभा सदस्यसहित सिङ्गो फोक्सटन टाउन काउन्सिल तथा मेचीनगर नगरपालिका र फोस्सटन टाउन काउन्सिल ९नगरपालिका० बीच भगिनी सम्बन्ध कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संयोजक धनकिरण गुरूङलगायत बेलायत देश बेलायतका नागरिकप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

साथै नेपाली प्रतिनिधि मण्डल बुधबार साँझ विजयदशमीको अवसर पारेर गोर्खा रेजीमेन्ट सेकेन्ड रोयल गोर्खा बटालियनले आयोजना गरेको रात्रीभोजमा सहभागी हुने छ ।

























