नियन्त्रणमा लिएका माछा नष्ट गरियो, नेपालमा झण्डै ८० प्रतिशत बजार भारतीय माछाको भरमा

A notice in Nepali from Mechinagar Ward No. 10

२० कात्तिक, मेचीनगरः अबैधरुपमा नेपाल भित्रियाइएका माछा प्रहरीले नियन्त्रणमा लिएर सोमबार नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय धुलावारीले पूर्व पश्चिम लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा करीव ९ हजार रुपैयाँ मुल्य बराबरको ३० केजी माछा आइतबार साँझ साढे ६ बजे नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रोहितकुमार शर्माले बताउनुभयो ।

प्रहरीले सवारी चेकजाँचका क्रममा भारतबाट प्याक गरेर लुकाईछिपाई नेपालतर्फ ल्याउँदैं गर्दा नियन्त्रणमा लिएर पशु क्वारेन्टाइन कार्यालयका प्राविधिक बोलाएर परीक्षण गर्दा खान अयोग्य भएका कारण माछा नष्ट गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । पूर्व पश्चिम लोकमार्गको मेचीनगर— १० स्थित निन्दापुल आसपासबाट नियन्त्रणमा लिईएका माछा इलाका प्रहरी कार्यालय धुलावारीको परिसरमा खाल्डो खनेर नष्ट गरिएको हो ।

बजारमा बिक्रीका लागि राखिएका माछामा फर्मालिन प्रयोग भएको पाइएपछि प्रहरीले चेकजाँचलाई निक्कै तीब्र पारेको छ । माछा परीक्षण गर्दा फर्मालिनको प्रयोग भएको पाइएकाले ३० किलो माछा नष्ट गरिएको प्रहरीको भनाई छ । झापा जिल्लाका विभिन्न नाकाबाट फर्मालिन प्रयोग भएको माछा नेपाल भित्रिने र त्यस्ता माछा भित्रिन नदिन सम्बन्धित कार्यालयलाई समेत पत्राचार गरिएको मेचीनगर नगरपालिकाले जनाएको छ ।

फर्मालिन एक प्रकारको विषाक्त रसायन हो । यसको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्ने स्वास्थ्यकर्मी दिलीप सुवेदीको भनाई छ । माछा पसलबाहेक अन्य पसलमा पनि म्याद नाघेका खाद्य वस्तु फेला पारिएकाले यसको नियन्त्रणका लागि स्थानीयस्तरमा अनुगमनलाई तीव्रता दिइने र उपभोक्तालाई समेत गुणस्तरीय वस्तु पहिचान गरी खरिद गर्न मेचीनगर नगरपालिका स्तरीय अनुगमन समिति संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीले आग्रह गर्नुभयो ।

मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुने र यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पु¥याउन सक्ने हुदाँ स्थानीय सरकारले यस्तो अखाद्य पदार्थको प्रयोग रोक्न सवै प्रयास जारी राखेको छ । नेपालमा झण्डै ८० प्रतिशत बजार भारतीय माछाले ओगटेका छन् । नेपाल आइसकेपछि पनि व्यापारीहरुले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् । ताजा र स्वास्थ्यवर्द्धक माछा खानका लागि उपभोक्ताले पैसाको मुख हेर्न नहुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.